२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका ११ प्रतिशत बालबालिकामा कडा कुपोषण

२० पुष २०७३, बुधबार ०७:२९

नन्द बहादुर रोकाया/पुस २०, मुगु । मुगुमा गत साउनदेखि मंसिर मसान्तसम्म ११ प्रतिशत बालबालिकामा कडाखालको कुपोषण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । जसमध्ये २७ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण र ६१ प्रतिशत बालबालिकामा सामान्य कुपोषण देखा परेको हो । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक तथ्याङ्क अनुशार ३ महिनाभन्दा माथि ५ वर्षभन्दा तलका ६१ प्रतिशत बालबालिका कुपोषित छन् भने ११ प्रतिशत बालबालिकामा कडाखालको कुपोषणबाट ग्रसित छन । 

बिशेष गरी जिमा, रोवा, भीई, फोतु, नार्थपु, कार्कीबाडा, माग्री, सेरी, गम्था, हयाङलु गाविसका बालबालिका कुपोषणले ग्रसित भएका जिल्ला स्वास्थयकार्यलय मुगुका नि कार्यलय प्रमुख सरोज अधिकारीले बताउनुभया । 

उहाँका अनुसार  जिल्लामा कुपोषणको अवस्था भयावह छ, न्यूनिकरण गर्न नसक्दा हामीले पनि हार खाइसक्यौ जिल्ला स्वास्थ्य अधिकृत अधिकारीको भनाई छ । कडा कार्यक्रम लागू नगरेसम्म कुपोषण अन्त नहुने उनले बताउनुभयो । मुगुको कुपोषण न्यूनिकरण गर्न कडा कार्यक्रम सञ्चालन गरिदिन मन्त्रालयमा पत्रचार गरिसकेको स्वास्थ्य प्रमुख अधिकारीेको भनाई छ । स्वास्थ्य कार्यालयमा गत वर्षको कुपोषण बालबालिकाको तथ्याङ्क हेर्ने हो भने भर्ना भएका कुपोषित बालबालिकाको संख्या ४ सय ३६ जना रहेको छ । 

तीमध्ये २ सय ७० जना बालबालीका निको भएका छन् भने २१ जना बालबालिकालाई रिफर गरिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका टिम लिडर लोकबहादुर बिकलेबताउनुभयो । एक जनाको मृत्यु भएको र बाँकीको उपचार भइरहेको टिम लिडर बिकको भनाइ छ । कुपोषण देखा परेका बालबालिकालाई तीन महिनासम्म उपचार गर्ने गरिएको छ । जिल्लाका विभिन्न ७ ठाउँमा सञ्चालनमा आएका ओटीसीहरुमा कडा कुपोषण भएका बालबालिकाहरुको निशुल्क उपचार गर्ने गरिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका मनिटर बिश्वकर्माले जानकारी दिनुभयो । 

प्रत्येक गाविसमा महिला स्वासथ्य स्वंसेविका, अन्य स्वास्थ्यकर्मी र आइमाम कार्यक्रमका कर्मचारीहरु मार्फत बालबालिकाहरुको पोषणको स्थितीका बारेमा पत्ता लगाउने कार्य जारी रहेको उहाँले बताउनुभयो । कडा खालका कुपोषण देखिएका बालबालिकाहरुको ओटिसीमा निशुल्क उपचार हुने गरेको छ भने मध्यमखालको कुपोषण देखिएका बालबालिकाहरुका अभिभावकहरुलाई पोषणको स्थितीमा सुधार ल्याउनका लागि परामर्श दिने गरिएको बिश्वकर्माले बताउनुभयो । 

मुगु जिल्लाको नार्थपु, धैन, कालै, कोटडाँडा,श्रीकोट,माग्री र जिल्ला अस्पतालमा ओटीसी स्थापना गरि कडा कुपोषण भएका बालबालिकाहरुको उपचार गर्ने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य