2026-10-18 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मालपोल कार्यालय संक्रान्तिबजारको उद्घाटन

अमृत बास्तोला/पुस २०, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रका ९ गाविसलाई लक्षित गर्दै मालपोल कार्यालय संक्रान्तिबजारको उद्घाटन भएको छ । कार्यालयको प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले आठराई क्षेत्रको संकेतस्वरुप आठ वटा मैन वत्तिमा दिपप्रज्वलन गरेर उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनाताको घरदैलोमा कार्यालय स्थापना भएपछि आठराई बासीलाई सहजहुने बताउनु भयो । सुशासन प्रवद्धनमा सानो कदमले ठूलो प्रभाव जमाउने भएकाले मालपोल कार्यालय संक्रान्तिबजारका कर्मचारीलाई अनुशासित र मर्यादित भएर कार्य सम्पादन गर्न समेत प्रजिअ न्यौपानेले निर्देशन दिनु भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला मालपोत कार्यालय तेह्रथुमका प्रमुख विजय ईङनामले नेपाल सरकार आठराईृ क्षेत्रको पहुँचमा आएकोले कार्यालय संचालनमा सबै सरोकारवाला निकायहरुलाई आवश्य सहयोगको आग्रह गर्दै मालपोत संक्रान्तिबजारका कर्मचारीहरुलाई नियामानुसार कार्य सम्पादन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्नु पर्नेमा जोड दिनु भएको छ । मालपोत कार्यालय संक्रान्तिबजारको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल, नेपाली काँग्रेस संक्रान्तिबाजरका सभापति भोलानाथ काफ्ले, नेकपा एमाले इलाका नम्बर १० का अध्यक्ष उमेश कन्दङवा, माओवादी केन्द्रका चिन्तन बराल र राप्रपाका भौरव सिटौला लगायतले सम्बोधन गर्दै आठराई क्षेत्रलाई सेवा केन्द्र बनाएर कार्यालय स्थापना भएकोमा खुसी व्याक्त गरेका छन् ।

कार्यालय संचालनमा आएपछि वर्षैदेखि सेवा लिन १२ कोष टाढा सरमुकाम म्याङलुङ धाउनुपर्ने आठराई बासीको बाध्यता अब भने हटेको छ । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, संक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिबु गाविसले मालपोल संग संम्बन्धित सेवा पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु