भाष्कर केसी/पुस २०, कञ्चनपुर । धुमधाम सँग २०७१ असार ६ गते बुहारीको रुपमा अनमाएर ल्याएको २० वर्षकी कविता (नाम परिर्वतन ) बेल्डाँडी–२ चन्दनवस्तीकी आफ्नै ससुरा भानुभक्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर केसी/पुस २०, कञ्चनपुर । धुमधाम सँग २०७१ असार ६ गते बुहारीको रुपमा अनमाएर ल्याएको २० वर्षकी कविता (नाम परिर्वतन ) बेल्डाँडी–२ चन्दनवस्तीकी आफ्नै ससुरा भानुभक्त"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

साँढे दुई बर्षदेखि ससुराद्वारा बुहारीमाथि यौन शोषण

२० पुष २०७३, बुधबार १२:३१

भाष्कर केसी/पुस २०, कञ्चनपुर । धुमधाम सँग २०७१ असार ६ गते बुहारीको रुपमा अनमाएर ल्याएको २० वर्षकी कविता (नाम परिर्वतन ) बेल्डाँडी–२ चन्दनवस्तीकी आफ्नै ससुरा भानुभक्त भट्टद्वारा साढे २ वर्षसम्म यौन शोषणमा रहेको पडितले बताएकी छन् ।

विहेभन्दा अगाडीदेखिनै ससुरा भट्टले तिमीलाई बुहारी बनाउछु भन्दै कपडा र केही रुपैया समय समयमा दिदै आइरहेका थिए । छोरा नरेश भट्ट वर्ष २० को र बुहारीको एउटै विषय (अनमी र सिएमए) पनि मिलेको हुनाले साथै कविताले पनि सहमति जनाए पछि दाङ्गमा पढदै गरेका छोरालाई बोलाई उनले कविता सँग विवाह गरेका थिए  । 

विहे भएको दोस्रो दिन दुल्हन फर्काउन पनि ससुरानै आफै गएका थिए भने, २०७१ असार १२ गते पहिलो पल्ट यौन शोषण गरेका थिए । त्यस पश्चात पटकपटक योन शोषण गर्दै आएपनि ससुराले कसैलाइ नभन्नु कसैलाई भने हत्या गर्ने धम्की दिएको हुनाले आफुले कसैलाई नभनेको बताइन । 

२०७३ मंसिर १० गते पनि जबरजस्ती यौन सम्पर्क गरेको र आफुले कहिलेसम्म सहेर बस्ने भन्ने लागेर माइतमा बहिनीहरुलाई भने पछि गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । 

पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिह कार्कीले मंसिर २९गते आएको उजुरी पुष १ गते दर्ता गरिएको बताए । 

प्रवक्ता कार्कीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । ‘प्रहरीले आरोपितलाई पक्राउगरी हिरासतमा राखेको छ ।’ प्रहरी प्रवक्ता कार्कीले भने ‘अनुसन्धान भईरहेको छ ।’ एकदुई दिन भित्रै सरकारी वकिल कार्यालयमा पेश गर्ने तयारी भईरहेको समेत उनले बताए । 

कञ्चनपुरका अधिकारकर्मीहरुले भने महिलाको मुद्दामा सम्वेदनशिल भएर सत्यतथ्य घटना सार्वजानिक गर्न माग गरेका छन् । कञ्चनपुर प्रहरीले भने महिलाका मुद्दामा सम्वेदनशिल भएर छानबिन भईरहेको पीडितलाई आवश्वासन दिएको छ । भने अधिकारकर्मीहरुले महिलाका घटनामा वेवास्ता गरेर दोसीले उन्मुती आए सडक तताउने चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह