१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसबाट खसेर चौधरीको मृत्यु

२१ पुष २०७३, बिहीबार ०५:५३

पुस २१, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज१ख ७७४ नंको यात्रु बसबाट कोल्हुवा बगेवा–९ स्थित बथनाहा गाउँमा बसको ढोकाबाट खस्दा चौधरी घाइते भएर उनको बायाँ खुट्टा भाँचिएको र टाउकामा गम्भीर चोटपटक लागेको छ । 

गम्भीर घाइते यादवलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि बेलुका ६÷७ बजेतिर अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको बाटामै मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । 

दुर्घटनाग्रस्त बस प्रहरीको नियन्त्रणमा छ । बसका चालक दुर्घटना भएलगत्तै फरार भएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह