पुष २१ बझाङ । जयपृथ्वी नगरपालिका बझाङको नगर परिषदको बन्दसत्र ३ दलले बहिष्कार गरेका छन । कार्यालयले आफुहरुको सहकार्य विना नै योजना छनौट गरेको भन्दै काँग्रेस, एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको हो । ३ दिनअघि देखि संञ्चालनमा रहेको न"/>
पुष २१ बझाङ । जयपृथ्वी नगरपालिका बझाङको नगर परिषदको बन्दसत्र ३ दलले बहिष्कार गरेका छन । कार्यालयले आफुहरुको सहकार्य विना नै योजना छनौट गरेको भन्दै काँग्रेस, एमाले र माओवादी केन्द्रले नगर परिषदको बन्दसत्र बहिष्कार गरेको हो । ३ दिनअघि देखि संञ्चालनमा रहेको नगर परिषदको बन्दसत्रमा जयपृथ्वी नगरपालिका कार्यालयका लेखापाल पूर्ण बहादुर खडकाले जनताको माग अनुसारको नभई आफ्ना नजिकका नातेदारलाई रकम विनियोजन गरेकाले नगर परिषदको बन्द सत्र बहिष्कार गरेको नेपाली काँग्रेसका नगर अध्यक्ष हिरेन्द्र छत्यालले बताए । कार्यालयले बालबालिका शिर्शकमा आएको बजेट नियम विपरित जयपृथ्वी क्याम्पसको घेरवार गर्न योजना छनौट गरेको र करिब १ करोड बजेट कार्यालयलाई विनियोजन गरेकाले नगर परिषद बहिष्कार गरेको नेकपा माओवादी केन्ँद्रका नगर अध्यक्ष शिवराज जोशीले बताए । ३ दलका प्रतिनिधिहरुले नगर परिषदको बन्दसत्र बहिष्कार गरेपनि जयपृथ्वी नगरपालिकाले दलको प्रतिनिधिको हस्ताक्षर विना नै बजेट विनियोजन भएको सिलिङ आफ्नो सुचना पेटीमा टाँस गरेको छ । जयपृथ्वी नगरपालिकाले यसबर्ष झण्डै ६ करोड रकम विनियोजन गरेको छ । बजेट थोरै भएकाले माग अनुसारका योजनामा रकम विनियोजन गर्न नसकेकाले ३ दलका प्रतिनिधिहरुले नगर परिषद बहिष्कार गरेको जयपृथ्वी नगरपालिकाका लेखापाल खडकाले बताए ।