१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा विद्युत् चोरी गर्ने ८६ जना प्रहरी फन्दामा

२२ पुष २०७३, शुक्रबार ०६:३४

पुस २२, नवलपरासी । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । 

विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो । पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढेपछि प्रहरीको सहयोगमा मानिसलाई समेत नियन्त्रणमा लिन थालिएको नेपाल विद्युत् प्राधिकरण, कावासोती शाखाका प्रमुख उमेशप्रसाद यादवले बताउनुभयो । 

मानिसलाई नै नियन्त्रणमा लिएर जरिवाना नतिर्दासम्म नियन्त्रणमा राखेपछि चुहावटमा कमी आउनुका साथै मिटरका लागि निवेदन समेत बढेको प्रमुख यादवले जानकारी दिनुभयो । 

विद्युत् कर्मचारी, जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले टिभी, पानी तान्ने मोटर, हिटरसहित विभिन्न विद्युतीय सामग्री समेत बरामद गरेको छ ।

यस आवमा मात्र कावासोती वितरण शाखाले रु एक करोड ३० लाख विद्युत् बक्यौता र रु १५ लाख विद्युत् चोरीबापत जरिवाना असुल गरेको छ । रास

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह