2026-09-18 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बनेपामा २५ वर्षपछि मुकुन्डो नाच हुँदै

पुस २२, बनेपा । बनेपाको लायकु र गणेशस्थानमा मुकुन्डो देवी नाच हुने भएको छ । झन्डै २५ वर्षपछि हुन लागेको यो नाच तीनदिनसम्म सञ्चालन हुने जनाएको छ । 

नेवार समुदायभित्रका पनि डङ्गोल, महर्जन र तुलाधरले आगामी २६ गते गर्न लागेको ‘श्वेतकालीन नरदेवी नेटमरु अजिमा’ गण नाचको विभिन्न तयारी सुरु भइसकेको श्वेतकालीन संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण डङ्गोलले जानकारी दिनुभयो । 

नाचका लागि खाने, बस्ने सुविधा र स्वास्थ्य शिविर सञ्चालनका लागि आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो । 

अध्यक्ष डङ्गोलले विगतमा यस नाचका लागि तत्कालीन राजाले सहयोग गरेको उल्लेख गर्दै अहिले सरकार दायित्वबाट पन्छिन खोजेको आरोप लगाउनुभयो । गुठीका गुठियारले व्यक्तिगत रुपमा सङ्कलन गरेको रु तीन लाखबाट सो नाच हुन लागेको छ । ललितपुर र कीर्तिपुरमा सम्पन्न भइसकेको सो नाच भोलि शनिबार भक्तपुरमा पनि हुँदैछ । 

देशमा दैवी प्रकोप नहोस् र नागरिकले सुरक्षित जीवनयापन गर्न पाउन् भन्ने धार्मिक विश्वासले विगत लामो समयदेखि यो नाच नाच्दै आएको अध्यक्ष डङ्गोलको भनाइ छ । 

अनुष्ठानिक र मनोरञ्जनात्मक दुईखाले हुने सो मुकुन्डो नाच बनेपामा अनुष्ठानिक विधिमा हुन लागेको संस्कृतविद् ज्ञानकाजी मानन्धरले जानकारी दिनुभयो । 

तान्त्रिक विधिबाट पूजाआजा गरिने भएकाले यसलाई अनुष्ठानिक भनिएको उल्लेख गर्दै मानन्धरले सो नाचमा काठमाडौँको नरदेवीबाट २०० जना सहभागी हुने बताउनुभयो । 

पहिलो दिन विधिपूर्वक पूजाआजा हुन्छ, त्यसपछि देवीले पदभार ग्रहण गर्छन् र नाच नाच्छन् उहाँले भन्नुभयो । 

संस्कृतविद् मानन्धरले नाच सकिएपछि देवी चण्डेश्वरी माताको पूजा हुने उल्लेख गर्दै श्वेतकालीन देवी चण्डेश्वरी आफ्नो माता भएकाले बनेपामा नै सो नाच हुने गरेको तर्क गर्नुभयो । बाजागाजासहित आयोजना हुने सो नाचको आवाज गर्भवती महिलाले सुने गर्भवती महिलाबाट जन्मने शिशु अङ्गभङ्ग हुने धार्मिक विश्वाससमेत रहेको छ । यो नाच हेर्न, पाँचखाल, नमोबुद्ध, दाप्चा क्षेत्रबाटसमेत स्थानीयवासी बनेपा आउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई