सबैको पहुच पु¥याउने गरी विकास र कार्यक्रम सञ्चालन गर्न नगरबासीको सुझाब

सन्तोषकुमार गुप्ता । देउखुरी २२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सबैको पहुच पु¥याउने गरी विकास र कार्यक्रम सञ्चालन गर्न नगरबासीको सुझाब

सन्तोषकुमार गुप्ता । देउखुरी २२"/>

2026-09-19 07:01 PM
दाङ्ग - DNG

लमही नगरपालिकाको तेस्रो नगर परिषद् सम्पन्न

सबैको पहुच पु¥याउने गरी विकास र कार्यक्रम सञ्चालन गर्न नगरबासीको सुझाब

सन्तोषकुमार गुप्ता । देउखुरी २२ पुस । देउखुरीको लमही नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४÷०७५ को कुल १२ करोड ७४ लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । लमही नगरपालिकाको शुक्रबार लमहीमा भएको तेस्रो नगर परिषद्मा भौतिक विकास निर्माण तथा लक्षित बर्गका लागि योजना सहितको योजना प्रस्तुत गरेको हो ।

जस अन्र्तगत समाजिक सुरक्षा भत्ता तर्फ ४ करोड ८६ लाख ४५ हजार २ सय ५० रुपैयाँ सहित पुँजीगत खर्च तर्फ ७ करोड ८७ लाख ६४ हजार ७ सय ५० रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा पुँजीगत बजेट अन्र्तगत कार्यालय सञ्चालन तर्फ ४ करोड ८६ लाख ४५ हजार २ सय ५०, ठुला भौतिक पूर्वधार विकास निर्माण तर्फ १ करोड ३३ लाख ९० हजार १ सय ३५, पवद्र्धनात्मक तथा साना भौतिक पूर्वधार विकास निर्माण तर्फ ८७ लाख २६ हजार ७ सय ५६, बालबालिका कार्यक्रम तथा भौतिक पुर्वधार विकास तर्फ ५५ लाख ७९ हजार २ सय २२, महिला कार्यक्रम तथा भौतिक पुर्वधार विकास तर्फ ३५ लाख ९१ हजार ९ सय ५९ र विपन्न लक्षित कार्यक्रम तथा भौतिक पुर्वधार विकास तर्फ ५५ लाख ७९ हजार २ सय २२ बजेट बिनियोजन गरेको छ ।

लमही नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार थापाको अध्यक्षतामा भएको नगर परिषद्को उद्घाटन दाङ क्षेत्र नम्बर १ की सांसद पार्वती डिसी चौधरीले गरेकी थिइन् । नगर परिषद्को उद्घाटन गदै सांसद चौधरीले नगर विकासमा सबैको सरोकारका बिषयमा ध्यान दिन सुझाब दिईएकी थिइन् । उनले सबैको भावना अनुरुप गरिएको विकास सबैको हितमा हुने बताईन् । विकास निर्माण जुन समुदायका लागि गर्ने हो, त्यो समुदायका नागरिकहरुको सहमतिबाट गरिनु पर्ने समेत बताईन् ।

नगरपालिकाका लेखापाल हरिराम रावतको स्वागत मन्तव्यबाट शुरु भएको नगर परिषद्मा नगरपालिकाका कार्यकारी अधिकृत थापाले आर्थिक बर्ष २०७२÷०७३, ०७३÷०७४ को आय—व्यय तथा आर्थिक बर्ष २०७४÷०७५ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । सो अबसरमा बोल्ने बक्ताहरुले सबैको पहुँच पु¥याउने गरी भौतिक विकास निर्माण तथा लक्षित बर्गका कार्यक्रम सञ्चालन गरिनु पर्ने बताएका थिए । उनीहरुले अझै पनि विकास निर्माणका योजना र लक्षित वर्गका कार्यक्रमहरु लक्षित समुदाय सम्म पुग्न नसकेकोमा गुनासो समेत व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका मुन्सीराम चौधरी, जिल्ला विकास समितीका सुदन डिसी, नेपाली काँग्रेसका मधु न्यौपाने, नेकपा एमालेका नारायण डिसी छम्पाली, नेकपा माओवादी केन्द्रका लेखराज रेग्मी, राप्रपाका बिनोदकुमार केसी, राष्ट्रिय जनमोर्चाका पद्मप्रसाद गोराथोकी, फोरम लोकतान्त्रिकका आरडी यादव, संघिय समाजवादी फोरम नेपालका रामसरण यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा लमही नगर युवा सञ्जालका गौरब आचार्य, दलित सञ्जालका गोपाल विक, योजना तर्जुमा समितीका सदस्य रेशमबहादुर खड्का, नगर महिला विकास समन्वय समितीकी अध्यक्ष दिपा बुढाथोकी, नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापा, लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष काशीराम डाँगी, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, दाङ देउखुरी होटेल व्यवसाय समितीका अध्यक्ष हेमन्त पाण्डे, वार्ड नागरिक मञ्चका तर्फबाट शुशिला शर्मा, सामुदायिक वनका तर्फबाट सुर्यराज गौतम, देउखुरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शेषमणि गौैतम, आर्दश माविका प्रधानध्यापक शशीधर ज्ञवाली र नेपाल पत्रकार महासंघका सदस्य राधेश्याम गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका सामाजिक परिचालिका संयोजक पुष्पराज अधिकारी र सामाजिक परिचालक सरस्वता गौतमले गरेका थिए ।               

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो