ताराबहादुर महत । पुस २४, दोलखा । भाषा तथा संस्कृतिविद् डाक्टर चिन्तामणी योगीले जोगीहरुको पहिचान संवैधानिक, साँस्कृतिक र सामाजिक रुपमा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । 

“हाम्रो पहिचान, हाम्रो सान सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । पुस २४, दोलखा । भाषा तथा संस्कृतिविद् डाक्टर चिन्तामणी योगीले जोगीहरुको पहिचान संवैधानिक, साँस्कृतिक र सामाजिक रुपमा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । 

“हाम्रो पहिचान, हाम्रो सान सम"/>

2026-09-18 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जोगीहरुको पहिचान संविधानमा स्पष्ट हुनुपर्छ ः डा चिन्तामणि योगी


ताराबहादुर महत । पुस २४, दोलखा । भाषा तथा संस्कृतिविद् डाक्टर चिन्तामणी योगीले जोगीहरुको पहिचान संवैधानिक, साँस्कृतिक र सामाजिक रुपमा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । 

“हाम्रो पहिचान, हाम्रो सान समृद्ध समाज हाम्रो अभियान” भन्ने मुल नाराका शनिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न एककिृत योगी÷जोगी  उत्थान तथा संरक्षण नेपालद्वारा आयोजित अन्र्तक्रिया तथा शाखा विस्तार सम्बन्धि वृहत भेला कार्यक्रममा जोगिहरुको पहिचान संविधानमा स्पष्ट हुनुपर्ने बताउनु भएको हो । 

जोगी समुदायका अगुवा तथा शैक्षिक व्यक्तित्व कुमुदराज योेगीको अध्यक्षतामा भएको भेलाले रामबहादुर योगीको अध्यक्षतामा १९ सदस्यीय एककिृत योगी÷जोगी  उत्थान तथा संरक्षण नेपाल दोलखा शाखाको गठन गरेकोे छ । शाखाको उपाध्यक्षमा लालकाजी योगी, सचिव रामकृष्ण योगी, सहसचिव शुसान्त योगी, कोषाध्यक्ष सावित्रा योगी रहनु भएको छ । सदस्यहरु जनक योगी, नारायण योगी, कुमार योगी, गणेश योगी, सोविता योगी, टपीन्द्र योगी, बाबुराम योगी, भिम बहादुर योगी, प्रेम योगी, योगेश योगी, प्रदिप र अस्मीता योगी चयन हुनु भएको छ । एक सदस्य बैठकले थप्ने समेत निर्णय भएको छ ।

कार्यक्रममा प्रध्यापक डाक्टर करविरनाथ योगी, नेकपा मालेका युवा नेता सुमन योगी,  समाजसेवी  नविन योगी लगाएतले शुभकामन मन्तव्य व्यक्त गर्नु भएको थियो । हाल दोलखामा २ सय ६० घर धुरी रहेकको  जोगी ÷योगीहरु जिल्लाको मेलुङ, जिरी नगरपालिका, मालु, नाम्दु, मिर्गे, भिमेश्वर नगरपालिका लगायतका ठाउँमा बसोवास गरी रहेको जोगी समुदायका अगुवा कुमुदराज योेगीको बताउनु भयो । उहाँका अनुसार  हाल जिल्लामा जोगी÷योगी समुदायको जनसंख्या १ हजार ४० रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई