१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा निशुल्क आँखा शिविर: १३ सय बढिले सेवा लिए

२४ पुष २०७३, आईतवार १५:५१

कृष्ण कँडेल | पुस २४, बाग्लुंग | बुर्तिबाङमा तिन दिनसम्म सञ्चालन गरिएको निशुल्क आँखा शिविरबाट १ हजार ३ सय १० जनाले आँखा जाँच गरेका छन् । 

९२ जना बिरामीको आँखाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । पहिलो दिन २० जना, दोस्रो दिन ३६ र तेस्रो दिन आज ३६ गरि जम्मा ९२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको बरिष्ठ नेत्ररोग विशेषज्ञ हरिविक्रम अधिकारीले जानकारी दिनुभयो ।    

हिमालय आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोग, बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजना र नेपाल नेत्रज्योती संघ बागलुङको समन्वयमा शिविर गरिएको हो ।

शिविरबाट ७ सय ५५ जना महिला र ५ सय ५५ जना पुरुश गरि जम्मा १ हजार ३ सय १० जनाले सेवा लिएका नाम दर्तामा रहनुभएका बुर्तिबाङ राईजिङ युवा क्लवका कोषाध्यक्ष ममता गैरेले जानकारी दिनुभयो । ६० बर्षभन्दा माथिका ५ सय १० जनाको आँखा चेकजाँच गरिएको छ । 

पहिलो दिन ६ सय ६५ जनाले सेवा लिएका थिए भने २० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । हिजो दोस्रो दिन ४ सय २ जनाले सेवा लिएका थिए भने ३६ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको थियो । 

शिविरमा बागलुङको पश्चिम क्षेत्रका विभिन्न गाविस सहित गुल्मी र रुकुमबाट समेत सेवाग्राही आएका आयोजकले जनाएको छ । दुई दिनसम्म विहानैदेखि आँखा जचाउनेको भिड लागेकोमा तेस्रो दिन भने तुलनात्मक रुपमा थोरैले आँखा जँचाएका बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका उपाध्यक्ष निमलाल पाण्डेले जानकारी दिनुभयो । 

शिविरमा लागि हिमालय आँखा अस्पताल पोखराबाट आएको स्वास्थ्यकर्मीको टोलीले विरामीको आँखा चेकजाँच गरेको थियो । हिमालय आँखा अस्पताल पोखराका बरिष्ठ नेत्र रोग विशेषज्ञ हरिविक्रम अधिकारी नेतृत्वको टोलीमा एक जना नेत्ररोग विशेषज्ञा, एक जना नेत्र अधिकृत, २ जना बरिष्ठ नेत्र सहायक र अरु २ जना प्राविधिक स्वास्थ्यकर्मी रहेका थिए ।  

शिविरमा मोतियाविन्दुको निशुल्क सल्यक्रिया, आँखा सम्बन्धि सम्पुर्ण स्वाथ्य समस्याको चेक जाँच र उपचार सहित औषधि प्रदान गरिएको आयोजकले जनाएको छ । 

शिविरमा नेपाल रेडक्रस सोसायिटी बुर्तिबाङ साखा, अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङ, गाविस कार्यालय बुर्तिबाङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र ईलाका प्रहरी कार्यालय बुर्तिबाङले सहयोग गरेका थिए ।

त्यस्तै बुर्तिबाङ राईजिङ य्ुवा क्लव, फेन्सि ब्यबसायी संघ बुर्तिबाङ, होटल व्यबसायी संघ बुर्तिबाङ, फोटो व्यबसायी संघ बुर्तिबाङ र ग्रील तथा फर्निचार व्यबसायी संघ बुर्तिबाङको सहयोग थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै