२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा निशुल्क आँखा शिविर: १३ सय बढिले सेवा लिए

२०७३, २४ पुष आईतवार १५:५१

कृष्ण कँडेल | पुस २४, बाग्लुंग | बुर्तिबाङमा तिन दिनसम्म सञ्चालन गरिएको निशुल्क आँखा शिविरबाट १ हजार ३ सय १० जनाले आँखा जाँच गरेका छन् । 

९२ जना बिरामीको आँखाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । पहिलो दिन २० जना, दोस्रो दिन ३६ र तेस्रो दिन आज ३६ गरि जम्मा ९२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको बरिष्ठ नेत्ररोग विशेषज्ञ हरिविक्रम अधिकारीले जानकारी दिनुभयो ।    

हिमालय आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोग, बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजना र नेपाल नेत्रज्योती संघ बागलुङको समन्वयमा शिविर गरिएको हो ।

शिविरबाट ७ सय ५५ जना महिला र ५ सय ५५ जना पुरुश गरि जम्मा १ हजार ३ सय १० जनाले सेवा लिएका नाम दर्तामा रहनुभएका बुर्तिबाङ राईजिङ युवा क्लवका कोषाध्यक्ष ममता गैरेले जानकारी दिनुभयो । ६० बर्षभन्दा माथिका ५ सय १० जनाको आँखा चेकजाँच गरिएको छ । 

पहिलो दिन ६ सय ६५ जनाले सेवा लिएका थिए भने २० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । हिजो दोस्रो दिन ४ सय २ जनाले सेवा लिएका थिए भने ३६ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको थियो । 

शिविरमा बागलुङको पश्चिम क्षेत्रका विभिन्न गाविस सहित गुल्मी र रुकुमबाट समेत सेवाग्राही आएका आयोजकले जनाएको छ । दुई दिनसम्म विहानैदेखि आँखा जचाउनेको भिड लागेकोमा तेस्रो दिन भने तुलनात्मक रुपमा थोरैले आँखा जँचाएका बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका उपाध्यक्ष निमलाल पाण्डेले जानकारी दिनुभयो । 

शिविरमा लागि हिमालय आँखा अस्पताल पोखराबाट आएको स्वास्थ्यकर्मीको टोलीले विरामीको आँखा चेकजाँच गरेको थियो । हिमालय आँखा अस्पताल पोखराका बरिष्ठ नेत्र रोग विशेषज्ञ हरिविक्रम अधिकारी नेतृत्वको टोलीमा एक जना नेत्ररोग विशेषज्ञा, एक जना नेत्र अधिकृत, २ जना बरिष्ठ नेत्र सहायक र अरु २ जना प्राविधिक स्वास्थ्यकर्मी रहेका थिए ।  

शिविरमा मोतियाविन्दुको निशुल्क सल्यक्रिया, आँखा सम्बन्धि सम्पुर्ण स्वाथ्य समस्याको चेक जाँच र उपचार सहित औषधि प्रदान गरिएको आयोजकले जनाएको छ । 

शिविरमा नेपाल रेडक्रस सोसायिटी बुर्तिबाङ साखा, अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङ, गाविस कार्यालय बुर्तिबाङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र ईलाका प्रहरी कार्यालय बुर्तिबाङले सहयोग गरेका थिए ।

त्यस्तै बुर्तिबाङ राईजिङ य्ुवा क्लव, फेन्सि ब्यबसायी संघ बुर्तिबाङ, होटल व्यबसायी संघ बुर्तिबाङ, फोटो व्यबसायी संघ बुर्तिबाङ र ग्रील तथा फर्निचार व्यबसायी संघ बुर्तिबाङको सहयोग थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ