2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा नयाँ प्रहरी प्रमुख

कृष्ण कँडेल |  पुस २४, बाग्लुङ | ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा भर्खरै आउनुभएका प्रहरी प्रमुख र स्थानिय सरोकारवाला विच आज बुर्तिबाङ परिचयात्मक कार्यक्रम भएको छ । 

प्रहरी कार्यालयमा शुक्रबार आउनुभएका प्रहरी निरीक्षक कृष्ण राना मगर र स्थानिय राजनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मी विच कार्यक्रम भएको हो । 

कार्यक्रममा बौल्दै नवआगत प्रहरी प्रमुख, प्रहरी निरीक्षक कृष्ण राना मगरले कानुन र विधिको अधिनमा रहेर शान्ति सुरक्षा कायम गर्ने बताउनुभयो । 

उहाँले आपराधिक घटनामा क्षमा दिन नसकिने भन्दै त्यस्ता घटनमा राजनितिक दबाब स्किार्य नहुने बताउनुभयो । रानाले सबैभन्दा पहिला सुरक्षाको विषयमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङको कार्यक्षेत्रमा भएका बास्तविक समस्याको पहिचान गरि कार्ययोजना बनाएर काम अघि बढाउने बताउनुभयो । 

घटनामा न्यायसंगत रुपमा बैज्ञानिक अनुसन्धान गरिने भन्दै रानाले सरोकारवालाई बिश्वस्त बनाउने प्रयास गर्नुभयो । उहाँले परदर्शी रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।   

कार्यक्रममा बोल्ने बक्ताहरुले कसैलाई काखा पाखा नगरी कार्यसम्पादन गर्न आग्रह गरेका छन् । उनिहरुले जनप्रतिनिधि नभएको अवस्थामा अलि बढि समस्या प्रहरी कार्यालयमा आउने भन्दै तथ्य संगत रुपमा घटनाको अनुसन्धान गरि कारवाहि प्रक्रिय अघि बढाउन आग्रह गरे । स्थानिय रुपमा मिलाउन सकिने घटनालाई जिल्लामा नपठाउन पनि आग्रह गरिएको थियो । 

कार्यक्रम ईलाका प्रहरी कार्यालय बुर्तिबाङका नवआगत प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरको अध्यक्षता र प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई