१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापका एक चौहत्तर वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै

२५ पुष २०७३, सोमबार ०६:१५

पुस २५, रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ । 

७४ वर्षको उमेरमा उहाँ नातिनातिना उमेरका केटाकेटीसँगै जट्टेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्नुहुन्छ । 

इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइसक्नुभएका उहाँलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो । 

सुरुमा चुचुरे स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रुपमा काम गर्दा हस्ताक्षर गर्न औषधिको नाम चिन्न उहाँलाई कालो अक्षर भैँसी बराबर झैँ हुन्थ्यो अनि उहाँले मैले पनि बढेमा अवश्य सक्छु भन्ने जाँगर चल्यो त्यसपछि २०६५ सालमा विद्यालय गएर भर्ना गरेको कार्की बताउनुहुन्छ । 

विद्यालयमा आफ्नै भाइ भतिजा अनि नातिनातिनासँगै पढ्दा आफूलाई हजुरबुबा भनेर सम्बोधन गर्दा कुनै असजिलो नलाग्ने उहाँ बताउनुहुन्छ । 

वृद्धावस्थामा पनि विद्यालयमा पढ्न आएको देख्दा र आफ्नै दाइ र हजुरबुबाजस्ता मान्छेलाई पढाउन पाउँदा विद्यालयका शिक्षक शिक्षिका पनि उत्तिकै खुसी रहेको जट्टेश्वरी उच्च माविका प्रधानाध्यापक मोहनकुमार खड्काले बताउनुभयो । 

कुनै रोग नलागे अझै पढेर समाजमा केही गरेर देखाउने उहाँको चाहना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह