२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवा महोत्सव पुस २८ देखि

२०७३, २५ पुष सोमबार ०६:३७

पुस २५, रसुवा । संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत जिल्लाको समग्र चिनारीका लागि रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा तेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ । 

लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको स्टल निर्माण गर्ने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ । 

महोत्सवले कृषि र फलफूल उत्पादनमा व्यावसायिक चेतना, सबैखाले कला संस्कृतिको संरक्षण, बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामाजिक दायित्वसम्बन्धी ज्ञानको अभिवृद्धि, दूध, दही, मह उत्पादनको जागरण, पर्यटकलाई अर्गानिक उत्पादनको भोजन र गुणस्तरीय बासको व्यवस्थापनमा जागरण, ग्रामीण पर्यटनको महत्व जस्ता समग्र विषयवस्तुमा जागरण गराइ रसुवा जिल्लालाई नमुना जिल्लाको रुपमा परिचित गराउन रसुवा महोत्सवको आयोजना गरिन लागिएको महिला सञ्जालका अध्यक्ष सरिता लम्सालले बताउनुभयो ।  

नेपालको तेस्रो गन्तव्य मानिएको रसुवामा लाङटाङ पदमार्ग हिन्दू एवम् बौद धर्मावलम्बीको आस्थाको धरोहर पवित्र तीर्थ गोसाइँकुण्डलगायत १०८ कुण्ड, पृत्री तपर्ण गर्ने पवित्र धाम उत्तरगया बेत्रावती, नेपाल तिब्बतबीच सन्धि भएको बेत्रावती, नुवाकोटको नौकोटमध्ये उत्तराखण्डको धैबुङकोट इलाकामा अवस्थित कालिका मन्दिर, कल्लेरी भूमे ठूलोगाउँ गाविस, व्यापारिक कारोबार गर्ने नेपालको हाल एकमात्र उत्तरी नाका रसुवागढी जस्ता ऐतिहासिक,धार्मिक र पुरातात्विक सम्पदा रहेका छन् । 

महोत्सवस्थलमा जिल्लाका समग्र चिज वस्तु राखिने र मनोरञ्जनका लागि सोरठी, लाखे, तामाङसेलो, लोकदोहोरी गीत एवम् हाँस्यव्यङ्ग्य कला, इच्छुक अवलोकनकर्तालाई होलिकोप्टरद्वारा हिमाली अवलोकन, अर्गानिक कृषिउपज बढाउन किसानबीच समन्वय, धार्मिक सांस्कृतिक महत्व बोकेको तस्बिर प्रदर्शन समेत राखिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन