१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवा महोत्सव पुस २८ देखि

२५ पुष २०७३, सोमबार ०६:३७

पुस २५, रसुवा । संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत जिल्लाको समग्र चिनारीका लागि रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा तेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ । 

लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको स्टल निर्माण गर्ने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ । 

महोत्सवले कृषि र फलफूल उत्पादनमा व्यावसायिक चेतना, सबैखाले कला संस्कृतिको संरक्षण, बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामाजिक दायित्वसम्बन्धी ज्ञानको अभिवृद्धि, दूध, दही, मह उत्पादनको जागरण, पर्यटकलाई अर्गानिक उत्पादनको भोजन र गुणस्तरीय बासको व्यवस्थापनमा जागरण, ग्रामीण पर्यटनको महत्व जस्ता समग्र विषयवस्तुमा जागरण गराइ रसुवा जिल्लालाई नमुना जिल्लाको रुपमा परिचित गराउन रसुवा महोत्सवको आयोजना गरिन लागिएको महिला सञ्जालका अध्यक्ष सरिता लम्सालले बताउनुभयो ।  

नेपालको तेस्रो गन्तव्य मानिएको रसुवामा लाङटाङ पदमार्ग हिन्दू एवम् बौद धर्मावलम्बीको आस्थाको धरोहर पवित्र तीर्थ गोसाइँकुण्डलगायत १०८ कुण्ड, पृत्री तपर्ण गर्ने पवित्र धाम उत्तरगया बेत्रावती, नेपाल तिब्बतबीच सन्धि भएको बेत्रावती, नुवाकोटको नौकोटमध्ये उत्तराखण्डको धैबुङकोट इलाकामा अवस्थित कालिका मन्दिर, कल्लेरी भूमे ठूलोगाउँ गाविस, व्यापारिक कारोबार गर्ने नेपालको हाल एकमात्र उत्तरी नाका रसुवागढी जस्ता ऐतिहासिक,धार्मिक र पुरातात्विक सम्पदा रहेका छन् । 

महोत्सवस्थलमा जिल्लाका समग्र चिज वस्तु राखिने र मनोरञ्जनका लागि सोरठी, लाखे, तामाङसेलो, लोकदोहोरी गीत एवम् हाँस्यव्यङ्ग्य कला, इच्छुक अवलोकनकर्तालाई होलिकोप्टरद्वारा हिमाली अवलोकन, अर्गानिक कृषिउपज बढाउन किसानबीच समन्वय, धार्मिक सांस्कृतिक महत्व बोकेको तस्बिर प्रदर्शन समेत राखिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह