2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिँचाइकोे कुलो पुग्ने भएपछि स्थानीयवासी हर्षित

पुस २५, मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको सिप्पालकाभ्रे गाविसमा सिँचाइका लागि कुलो बन्ने भएपछि स्थानीय बासिन्दा हर्षित बनेका छन् । 

सदरमुकामबाट सबैभन्दा नजिक रहेर पनि विकट बस्तीका रुपमा चिनिएको जिल्लाको सिम्पालकाभ्रेमा झुप्लिपा खोला सिँचाइ आयोजना निर्माण हुन लागको हो । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुनः निर्माणको काम चलिरहँदा पानीबिना काकाकुल बनेको सिम्पालवासीका लागि सिँचाइको कुलो सँगसँगै खानेपानी पनि पुग्ने भएपछि यतिबेला उनीहरु उत्साहित भएका हुन् । झुप्लिपा खोला सिँचाइ आयोजना सम्पन्न भएपछि करिब एक सय १५ घरपरिवार लाभान्वित हुनेछन् । 

सिँचाइ आयोजना निर्माणका लागि रु पाँच लाख खर्च हुने सामुदायिक समन्वयन तथा खाद्य सुरक्षाका दिगो विकास कार्यक्रम ९सबल०का संयोजक तथा इन्जिनियर नरकान्त सापकोटाले जानकारी दिनुभयो । 

पुनः निर्माणको कार्यमा जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सबलले हरेक घरमा पुगेर सुरक्षित आवास निर्माणका लागि जनचेतना फैलाउने र सरकारकाले तोकेको मापदण्डअनुसार घर बनाउनका लागि आवश्यक सम्पूर्ण प्राविधिक सहयोग निःशुल्क रुपमा सञ्चालन गरिरहेको छ । मापदण्डअनुसार घर बनाउन सम्पूर्ण प्राविधिक सहयोगका लागि २० जनाको प्राविधिक टोली खटिरहेको साझेदारी टुकी सङ्घ सुनकोसी संस्थाका कार्यक्रम संयोजक डिल्ली न्यौपानेले बताउनुभयो । 

सबलले जिल्लाको भीमटार–१ बोडगाउँमा रहेको सीमान्तकृत माझी बस्तीमा पनि आँपखोला सिँचाइ परियोजना पनि निर्माण गरेको छ । रु एक लाख ५२ हजारको लागतमा सम्पन्न उक्त सिँचाइले एक सय ८० परिवारको करिब आठ सय रोपनी जग्गामा सिँचाई भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई