दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको"/>

2026-09-16 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा गोरु विनाको हलो जोताई तालिम संचालन


दलसिंह गिरी/पुस २५, कालिकोट । जिल्लाको कृषि प्रणालीलाई यात्रिकिकरण गराउन कृषिकहरुका लागि आज जिल्ला सदरमुकाम मान्ममा आज १ हप्ते हलो जोताई तालिम संचालन गरिएको छ । 

जिल्लाको परम्पराग खेती प्रणाली आधुनिक एवं ब्यवशायिक खेती प्रणालीमा रुपान्त्रण गराउन तथा गोरु विनाको हलो जोताई प्रविधिको विकास गर्न १ हप्ते हलो जोताई तालिम संचालन गरिएको हो । 

जिल्ला विकास समितिका कार्यक्रम अधिकृत प्रबलजंग शाहीको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यतामा उद्घाटन गरिएको तालिममा टिलर मेसिन संचालन तथा मर्मत सम्भारका लागि कृषकहरुलाई लक्षित गरी संचालन गरिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख एवं बागबानी अधिकृत भक्तिराम शर्माले बताउनु भएको छ । 

यस तालिमले जिल्लामा खस्कीदो कृषि प्रणालीलाई माथि उठाउन तथा कम लागतमै कृषि उत्पादनमा बृद्धि ल्याउने प्रमुख अथिति लामिछानेले बताउनु भएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा संचालित तालिममा जिल्लाभर करिव ११ जना कृषकहरु सहभागि रहेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख इन्द्र बहादुर थापाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल