प्याब्सनको "/>
प्याब्सनको "/>
पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् ।
प्याब्सनको १० औँ जिल्ला अधिवेशनको उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष बलराम शर्मा, तोकलाल शर्मा, इन्द्रवहादुर अधिकारी, सचिवमा रामकृष्णा रेग्मी, सहसचिवमा बिमल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी, सहकोषाध्यक्षमा श्रीराम पराजुली विजय भएका छन् ।
त्यसैगरी सदस्यहरुमा इन्द्रमान खत्री, दिपेन्द्र रेग्मी, क्षेत्रवहादुर राना, शेषराज राना, विष्णु सुवेदी, लिला श्रेष्ठ र हिरा श्रेष्ठ रहेका छन् । त्यस्तै सोही भेलाले हिमवहादुर पौडेल क्षेत्रीको नेतृत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा केशवराज पुरी, यामप्रसाद शर्मा रहेका छन् । भेलाले लेखा समितिमा भोलानाथ सुवेदी, नारायण पौडेल, रामचन्द्र शर्मा, भरत काफ्ले र मनोज थापालाई चयन गरेको छ ।
कार्यक्रमको उद्घाटन गदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का महासचिव डिके ढुङगानाले गरेका थिए ।
उनले नीजि विद्यालयले सामुदायिक विद्यालय संग नभएर अन्तरराष्टिूय स्तरका विद्यालयसंग प्रतिष्पर्धा गरिरहेको बताए । उनले राज्यले निजि र सामुदायिक विद्यालयले दुईवटा आँखाले हेर्ने गरेका कारण द्वन्द्व वढेको जिकिर गरे ।
सोही कार्यक्रमको अबसरमा १० बर्ष भन्दा बढि संस्थागत विद्यालयमा सेवा गरे वापत १ सय ४ जना शिक्षकहरुलाई सम्मान गरिएको छ ।
प्याव्सनले संस्थागत विद्यालयका प्रिन्सीपल र पर्वत प्याव्सनको भवन निर्माणमा सहयोग पु¥याउने संस्थागत विद्यालयलाई समेत सम्मान गरेको थियो । हिमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।