पुस २६, बिर्तामोड । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पुस २९ गतेदेखि ९ दिने वृहत पुस्तक प्रर्दशनी हुने भएको छ ।

प्रेरणाका लागि प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, बिर्तामोड । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पुस २९ गतेदेखि ९ दिने वृहत पुस्तक प्रर्दशनी हुने भएको छ ।

प्रेरणाका लागि प"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोडमा पुस्तक प्रर्दशनी हुँदै

२६ पुष २०७३, मंगलवार १४:१०

पुस २६, बिर्तामोड । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पुस २९ गतेदेखि ९ दिने वृहत पुस्तक प्रर्दशनी हुने भएको छ ।

प्रेरणाका लागि पुस्तक भन्ने मूल नारासहित डिकुरा पब्लिकेशनले वृहत पुस्तक प्रर्दशनी गर्न लागेको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो । पत्रकार सम्मेलनमा पब्लिकेशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले मोफसलमा पहिलो पटक पुस्तक प्रर्दशनी गर्न लागिएको बताउनुभयो । 

यस अघि काठमाडौंमा आठ पटक प्रर्दशन भएको समेत पत्रकार सम्मेलनमा बताउनुभयो । पछिल्लोसमय पाठक, लेखक र प्रकाशकबीच समन्वयात्मक भूमिक निर्वाह गर्ने प्रर्दशनी नभएका कारण कस्ता पुस्तक पठकले रुचाएका छन् र कस्ता लेखकका कृति उत्कृष्ठ छन् भन्ने ज्ञान हुन नसकेको उहाँको भनाई थियो । पुस्तक प्रेरणाको श्रोत भएको र पुस्तक पढ्ने वानीको विकास गरे व्यक्तित्वको समेत विकास हुने भएकाले पुस्तक पढ्न आवश्यक रहेको बताउनुभयो ।  

नेपालका प्रसिद्ध साहित्यकार, लेखक, उपन्यासकार लगायतका कृति पुस्तक प्रर्दशनीमा राखिने प्रसाईले बताउनुभयो । पुस्तक प्रर्दशनीको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गर्ने र उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल प्याप्सन, एन प्यावसनका पदाधिकारीको समेत सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस्तक प्रर्दशनीमा १५ देखि ३५ प्रतिशतसम्म पुस्तकमा छुट दिइने बताइएको छ । पुस्तक प्रर्दशनीमा देशी विदेशी लेखका एक सय भन्दा बढी प्रकाशन संस्थाहरुको सहभागीता रहने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह