पर्वत । नागरिकलाई राज्यको पहुँच सहज बनाउने उद्देश्यले जिल्लाको दुर्गम भोक्सिङ गाविसमा संचालन गरिएको एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा जिल्लाका सबै कार्यालयहरुले एकिकृत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नागरिकलाई राज्यको पहुँच सहज बनाउने उद्देश्यले जिल्लाको दुर्गम भोक्सिङ गाविसमा संचालन गरिएको एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा जिल्लाका सबै कार्यालयहरुले एकिकृत "/>
2026-09-20 02:49 AM
पर्बत - PBT

पर्वतको भोक्सिङमा एकिकृत घुम्ति सेवा

पर्वत । नागरिकलाई राज्यको पहुँच सहज बनाउने उद्देश्यले जिल्लाको दुर्गम भोक्सिङ गाविसमा संचालन गरिएको एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा जिल्लाका सबै कार्यालयहरुले एकिकृत रुपमा सेवा प्रवाह गराएका थिए । शिविरमा जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय, जिल्ला भू संरक्षण कार्यालय, बन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय लगायतका कार्यालयहरुले सेवा प्रवाह गरेका थिए । शिविरबाट सयौ मानिसहरुले प्रत्यक्ष रुपमा सेवा लिएका छन् । 

शिबिरमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले स्थानीय भिम कुमारी नेपालीलाई नागरिकता, टिकु मल्ललाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरेर शिविरको शुभारम्भ गरेका थिए ।

गाउँमानै सेवा पाउँदा आफू निकै खुसि भएको स्थानीय टिकु मल्लले खुसि व्यक्त गरे । उमेरले नेटो काटेका उनी गाउँमानै राज्यले सेवा प्रवाह गरी जेष्ठ नागरिकको परिचय पत्र प्राप्त गरेपछि निकै खुसि भए । यहि पत्र बनाउनको लागि कुश्मा धाउनुपर्ने बाध्यता थियो, धेरै खर्च हुन्थ्यो तर गाउँमानै सोहि सेवा पाएकोमा म खुसी छु , उनले भने ।

 त्यस्तै स्थानीय भिम कुमारी नेपालीले पनि आफ्नै गाउँमा नागरिकताको प्रमाण पत्र प्राप्त गरीन् । नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी उनले गाउँमानै सदरमुकामबाट पाउने सेवा पाउँदा खुसि लागेको बताइन् ।

 प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले राज्यको सुबिधाहरु विकट गाउँमा रहेका नागरिकसम्म सहज ढंगले पुराउन शिबिर महत्वपूर्ण हुने बताए । उनले राज्यले नागरिकलाई गाउँमानै सेवा दिने उदेश्यका साथ हरेक बर्षमा यसरीनै दुइ वा सो भन्दा बढी घुम्ती शिविरको आयोजना गर्ने गरेको र यसरीनै स्थानीबासीलाई आफ्नै गाउँमानै सेवा दिदै आइरहेको बताए ।

जिल्ला विकास समितिले गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा अधिकांश स्थानीयबासीले गाउँमा आवश्यक विकासका पुर्वधारको अभाव रहेको गुनासो गरेका थिए । गाउँमा सिचाई, खानेपानीको राम्रो व्यवस्थापन नभएको स्थानीयकोा गुनासो थियो । त्यसैगरी स्थानीयबासीले गाउका विद्यालयहरुमा चाहे र सोचअनुसारको गुणस्तरीय शिक्षाको अभाव रहेको औलाएका थिए । उनीहरुले जिल्ला विकास समिति र उसका मातहतका रहेका विकासे अड्डाहरुले दिने सेवाको बारेमा गुनासो तथा समस्या राखेका थिए ।

जिल्लाका दक्षिणी भागमा रहेका लुंखुदेउराली, पाखापानी, होश्राङ्दी, बालाकोट, बाच्छा, पाङराङ लगायतका गाविसका सेवाग्राहीहरुलाई समेट्ने गरी उक्त शिविरको आयोजना गरीएको थियो । घुम्ती शिविरमा जति स्थानीयबासीको सहभागिता हुनुपर्ने थियो त्यति सहभागीता भने हुन सकेको थिए । सूचनाको प्रवाह हुन नसकेकोले पनि स्थानीयको सहयाभागिता कम हुन गएको देखिन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो