२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका भूकम्प प्रभावितलाई दुई महिना बितिसक्दा पनि आएन अनुदान

२०७३, २७ पुष बुधबार १०:००

पुस २७, भक्तपुर । भक्तपुरका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि लाभग्राहीसँग अनुदान सम्झौता सुरु भएको दुई महिना बित्दा पनि अझै अनुदान वितरण सुरु नहुँदा भूकम्पपीडित घर बनाउन अन्यौलमा परेका छन् ।

गत कात्तिक २४ गतेदेखि अनुदान सम्झौता सुरु भएको र सम्झौता भएकासँग पाँच दिनपछि नै अनुदान वितरण गर्ने भनिए पनि अझै अनुदान वितरण नभएपछि लाभग्राही घर बनाउन अन्यौलमा परेका हुन् । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरमा हालसम्म १९ हजारभन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता भए पनि रकम नआउँदा अनुदान रकम वितरण गर्न नसकेको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो–“लाभग्राहीलाई वितरण गर्ने रकम भक्तपुरमा आएकै छैन, हाललाई सरकारी ढुकुटीबाट रकम वितरण गर्ने र पछि वैदेशिक निकायबाट अनुदान आएपछि पूर्ति गर्नेगरी अनुदान वितरण गर्न रकम पठाउन माथिल्लो निकायमा माग गर्दा पनि रकम नआएकाले वितरण गर्न सकेनौँ ।” 

अनुदान सम्झौता भएसँगै लाभग्राहीका सूचीमा परेकाले बैंकमा खाता खोलेर अनुदानको पहिलो किस्ता पाउने आशा गरे पनि अझै रकम नआएपछि भूकम्प प्रभावितसमेत अन्यौलमा परेका छन् । रकम आउन अझै तीन महिना लाग्ने अनुमान गरिएको जिविसले जनाएको छ । 

जिल्लामा लाभग्राहीको नामावलीमा नाम छुटेको, जग्गामा समस्या आएकोलगायतका समस्या भएको भन्दै सात हजार भन्दा बढीले गुनासो दर्ता गराएका छन् । 

जिल्लामा भूकम्पपीडितको सङ्ख्या ३३ हजार ६९६ रहेको पछिल्लो तथ्याङ्क भए पनि २६ हजार १६ लाभग्राही ९भूकम्पपीडित० परिवारको विवरण पुनःनिर्माण प्राधिकरणले जिल्लामा पठाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन