२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चिसाले बर्थिङ्ग सेन्टरमा प्रसुति सेवा लिनेको संख्या घटेपछि ग्यास हिटर बितरण

२९ पुष २०७३, शुक्रबार ०६:२८

नन्दराम जैशी/पुस २९, जुम्ला । जुम्लामा चिसोबढेसँगै बर्थिङ्ग सेन्टरमा सुरक्षित प्रसुति सेवा लिने महिलाहरुको संख्या घट्दै गएको छ । 

बर्थिङ्ग सेन्टरमा तातोको व्यवस्था नभएको भन्दै चिसोबढेपछि सुरक्षित प्रसुतिका लागि बर्थिङ्ग सेन्टर पुग्ने महिलाहरुको संख्या घट्दै गएको हो । हिजो आज बर्थिङ्ग सेन्टरमा हिटर भएपनि ईन्धन नहुँदा सुत्केरीलाई तातोको ब्यवस्था गर्न नसकेका कारण पहिलाको तुलनामा अहिले सुत्केरी हुन आउनेको संख्या घटेको जुम्लाका तातोपानी, कुडारी, जुम्लाकोट, ताम्ती लगाएतका स्वास्थ्य चौकीले बताएका छन् ।    

स्वास्थ्य चौकिमा दाउरा र ईन्धन दुबैको ब्यवस्था गर्न नसकेका कारण चिसोबढेसँगै बर्थिङ्ग सेन्टरमा सुत्केरी हुन आउनेको संख्या घटेको स्वास्थकर्मिहरुको भनाइ छ । जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्य कर्मिहरु नियमित नबस्दा पनि अन्य बिरामिसँगै सुत्केरी हुने महिलाहरुलाई थप समस्या भएको स्थानियको भनाइ छ । 

सदरमुकामको पहुँच भन्दा टाठा रहेका गाउँका महिलाहरुले सुत्केरी हुने बेला स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्य कर्मि नहुँदा समस्या भएको बताउने गरेका छन् । चिसोबढेसँगै बर्थिङ्ग सेन्टरमा सुत्केरीका लागि जाने महिलाले पिडामा छटपटिनु पर्ने अवस्था रहेको महिलाहरुको भनाइ छ ।

यता चिसोको समय बाहेक अन्य समयमा जुम्लाका अधिकाशं महिलाहरु सुरक्षित सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा आउने क्रम जारी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले दावि गरेको छ । बरिष्ठ जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाले जिल्लामा  १८ ओटा बर्थिङ सेन्टर र एक कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढ्दै गएको दावि गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय माताहतका बर्थिङ्ग सेन्टरमा अहिले दक्ष स्वास्थ्यकर्मी र आवाश्यक सुत्केरी सामग्रीको व्यवस्था भएको जानकारी गर्दै आवाश्यक औषधि उपकरण कार्यालयमा मौज्दात रहेकाले अपुग भएको स्वास्थ्य संस्थाले सम्पर्क गर्न उहाको आग्रह छ । 

बरिष्ठ जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाले भन्नुभयो, चिसोलाइ मध्यनजर गर्दै १८ वटै बर्थिङ सेन्टरमा नेपाल सरकारले ग्यास हिटरको ब्यवस्था गरेको छ । कतिपय बर्थिङ सेन्टरमा ग्यास हिटर बितरण भैसकेका छन् भने बाँकिलाइ बितरण गरिने छ, उहाले बताउनुभयो ।

जिल्लाका सबै स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मिलाइ चिसोको बाहानामा स्वास्थ्य संस्था नछोड्न र नियमित सेवा प्रवाहमा कटिबद्ध रहन उहाले निर्देशन दिनुभएको छ । आन्तरीक तथा बाह्रय रुपमा स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरिक्षण भैरहेको भन्दै स्वास्थ संस्थालाइ प्रभावकारी सेवा प्रवाह गर्न बरिष्ठ जनस्वास्थ्य अधिकृत झा को सुझाब छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य