पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ । 

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ । 

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआ"/>

2026-09-16 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

पुस २९, काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ । 

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,” उहाँले भन्नुभयो – “आम्दानी यथेष्ट आम्दानी हुन थालेपछि काम गर्न जाँगर चल्छ ।” 

उहाँले सुरुवातमा रु एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गर्नुभएको थियो । हाल उहाँले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनुभएको छ । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिनुभएको छ । तालिम लिएपछि उहाँ बिरुवा उत्पादन गर्न थाल्नुभएको हो । 

“बिरुवा बिक्री गर्न बजारसम्म धाउनु पर्दैन,” उहाँले भन्नुभयो । सर्वसाधारण बिरुवा लिन घरसम्मै आइपुग्छन् । थापाले घरपरिवारको सहयोगबाट नै कामलाई निरन्तरता दिँदै आउनुभएको छ । काउली, मुला लगाउने जग्गामा अलैँचीको बिरुवा रोप्ने गरेको उहाँ बताउनुहुन्छ । केही वर्ष पहिले वैदेशिक रोजगारीका लागि कोरिया जान खोजेका थापा एक्कासी बिरुवा उत्पादनमा लाग्नुभएको हो । 

“आफ्नै देशमा नै गर्न चाहे के हुँदैन, विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । अलैँचीको बिरुवा उत्पादनबाटै उहाँले आठजनाको परिवार धान्दै आउनुभएको छ । आफूले अलैँचीको बिरुवा उत्पादनको काम गर्न थालेपछि गाउँका अन्यलाई प्रशिक्षण दिएर सामूहिक बीउ उत्पादनमा जोड दिँदै आउनुभएको छ । 

अलैँचीको एउटा बिरुवाको मूल्य रु १० सम्म पर्छ । एउटा झाङ बिरुवालाई रु २०० सम्म पर्छ । एक किलो अलैँचीको गेडाबाट रु दुई लाखसम्मको बिरुवा उत्पादन हुने थापाको भनाइ छ । हाल थापाले उत्पादन गर्नुभएको बिरुवा काभ्रेपलोञ्चोक, सिन्धुपाल्चोक, कास्की, मकवानपुरलगायत देशका अन्य जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ । उहाँले रामसाही, गोल्साही, चिवेसाही, डमरसाहीलगायत सात प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । थापाले हाल खाद्यान्न तथा बीउ आलु, फलफूल, अलैँची नर्सरी उद्योग सञ्चालन गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल