२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा ठोकर्पा सामुदायिक पुस्तकालय स्थापना

२०७३, २९ पुष शुक्रबार ०७:४५

पुस २९, सिन्धुपाल्चोक । ग्रामीण समुदायलाई ज्ञान, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ठोकर्पा सामुदायिक स्रोत पुस्तकालय स्थापना गरिएको छ । 

दक्षिण कोरियाको सामसुङ इन्जिनियरिङ र ब्युटिफुल स्टोर्स तथा रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा करिब रु ८५ लाखको लागतमा सो पुस्तकालय निर्माण सम्पन्न भएको हो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जडान गरेको एक किलोवाट क्षमताको सौर्य प्रणालीबाट यहाँका कम्प्युटरलगायत विद्युतीय उपकरण चलाउन एवम् बत्तीको सुविधा उपलब्ध भएको छ । 

सांसद मोहनबहादुर बस्नेत र राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीम वाग्लेले एक समारोहबीच पुस्तकालयको उद्घाटन गर्दै यस किसिमका पुस्तकालयबाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्न र स्थानीयस्तरमा सञ्चालित कार्यक्रमलाई संयोजनकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताउनुभयो । 

पुस्तकालय सञ्चालक समितिका अध्यक्ष नेत्र कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा रिड नेपालका राष्ट्रिय निर्देशक सञ्जना श्रेष्ठ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, वन अभियन्ता दिलप्रसाद भण्डारीलगायतका वक्ताले पनि पुस्तकालयको उपादेयताका बारेमा प्रकाश पार्नुभएको थियो । 

तीन तले सो पुस्तकालयमा बाल, महिला, कृषि तथा वन, सूचना प्रविधि, श्रव्यदृश्य, सेमिनार कक्ष रहेका छन् । देशकै ६६औँ सामुदायिक पुस्तकालयका रुपमा निर्माण गरिएको सो पुस्तकालय जिल्लाकै नमुना बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ