२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापका १० गाबिसमा पशु प्राबिधिक थप

२०७३, २९ पुष शुक्रबार १२:४८

प्रज्वल पौडेल । पुष २९,रामेछाप ।

रामेछाप जिल्लाका विभिन्न गाबिसहरुमा जिल्ला पशु सेवा कार्यालयले १० जना पशु प्राविधिकहरु नियुक्त गरी बिभिन्न गाविसमा पठाएको छ । नेपाल सरकारको एक गाँउ एक पशु सेवा प्राबिधिक कार्यक्रम अन्तर्गत कार्यालयले बिहीबारबाट पठाएको हो । एक गाविस एक पशु सेवा प्राविधिक ब्यवस्थापन कार्यबिधि २०७३ अनुसार पशु सेवा प्राबिधिकहरु छनौट गरी गाउ पठाएका कार्यालयका प्रमुख  डा नारायण शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार जिल्लाको चुचुरे, रस्नालु, सैपु, बिजुलीकोट, गोठगाउँ, देउराली, पिङखुरी, हिलेदेवी, खनियापानी र गुन्सी गाविसहरुका लागि उनीहरुलाई पठाइएको छ । उहाँले भन्नुभयो – “गाविस सचिबसँगको समन्वयमा सम्भव भएसम्म गाविसको कार्यालयबाट वा आफु डेरागरी बस्ने घरबाट नै सेवा प्रवाह गर्नेछन् ।”

कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७२÷७३ मा ७ जना पशु प्राविधिकहरुलाई गौश्वारा, गुम्देल, प्रिति, राकाथुम, रामपुर, लखनपुर र हिमगंगा गाविसहरुमा  खटाइ सकिएको जिल्ला पशु सेवा कार्यालय रामेछापले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन