2026-07-11 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीमा व्यवस्थापन समिति गठन

2017-01-13

कृष्ण कँडेल/पुस २९,  बागलुङ । ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । 

विद्यालयमा आज भएको अभिभावकहरुको भेलाले प्रेम घर्तीको अध्यक्षतामा विद्यालय व्यवस्थापन गठन गरेको हो । समितिको सदस्यमा सचिवमा प्रधानाध्यापक धनबहादुर घर्ती र सदस्यमा कमला पुन, उज्जरसिंह घर्ती, सुर्यबहादुर घर्ती, बास्पकुमारी छन्त्याल, गुनदेवि छन्त्याल, शिक्षक प्रतिनिधि गणेशप्रसाद आचार्य रहनुभएको छ । 

थमन घर्तीको अध्यक्षतामा गठन भएको शिक्षक अभिभावक संघको सदस्यमा बेगबहादुर घर्ती, श्यामलाल विक, चुले विक, देविराम घर्ती, रंगमला घर्ती, चन्द्रमला बुढा, निरबहादुर बुढा र शिक्षक प्रतिनिधि किमकुमारी छन्त्याल रहनुभएको छ । 

अभिभावक भेला विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष हर्कमान घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

विद्यालयले आगामि चैत्रमा हुने एसएलसि परिक्षमा ग्रेडवृद्धि गर्ने विद्यार्थीको राजस्व रकम बैंक खातामा समयमै जम्मा नगरेका कारण २२ जना विद्यार्थी परिक्षा फर्म भर्न पाएका छैनन् । परिक्षा फर्म नभरिएपछि उनिहरु परिक्षा दिनबाटै बञ्चित हुने अबस्था आएको छ । गत मंसिर २९ गतेसम्म बैंक खातामा जम्मा गर्नुुपर्ने प्रति विद्यार्थी ५ सय ५० रुपैयाँ रकम विद्यालय प्रसासनको कामजोरीका कारण छुटेको हो । विद्यार्थी र अभिभावकले जसरी पनि परिक्षा दिने वातावरण मिलाईदिन र कमजोरी गर्ने विद्यालय प्रसासन माथि नियम अनुसार कारवाहि गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् । 

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले विद्यार्थीलाई परिक्षा दिने व्यवस्था मिलाउन पहल सहित कमजोरी गर्ने प्रधानाध्यापक धनबहादुर घर्तीलाई विभागिय कारवाहि गरिने बताउनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष प्रेम घर्तीले जिल्ला शिक्षा कार्यालय बागलुङसँग समन्वय गरि परक्षा नियन्त्रण कार्यालय काठमाण्डौ पुगेर विद्यार्थीलाई परिक्षा दिने वातावरण मिलाउन सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

घर्तीले विद्यार्थीले परिक्षा दिने वातावरण बनाउन आबश्यक प्रक्रियाका लागि प्रधानाध्यापक धनबहादुर घर्ती र आफु भोली नै बागलुङ जाने र जिल्ला शिक्षा कार्यालयको निवेदन सहित परिक्षा नियन्त्रण कार्यालय काठमाण्डौ पुग्ने बताउनुभयो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट