Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
६ पुष २०८२, आईतवार
दाङ्ग - DNG

देउखुरीको लमहीमा महोत्सव स्थल सार्न माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

२९ पुष २०७३, शुक्रबार १३:३७

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । जिल्ला क्रिक्रेट संघ दाङले लमहीमा आयोजना गर्न थालीएको महोत्सव क्रिक्रेट मैदानमा नभई अनेत्र लगाउन माग गरेको छ । देउखुरी उद्योग वाणिज्य मुख्य आयोजक र होटल ब्यवसायी समिति ईकाइ लमही सह आयोजक वनेर माघ ५ गते देखी १५ गते सम्म लमहीको निर्माणाधिन क्रिक्रेट मैदानमा महोत्सव सञ्चालन गर्न थालेपछी जिल्ला क्रिक्रेट संघको एक टोलीले आज प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई ज्ञापन पत्र वुझाउदै महोत्सव स्थल सार्न माग गरेको हो ।
संघका अध्यक्ष प्रदीप मज्गैयाँको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष शुदीप गौतम, पत्रकार सविन प्रियासन, शरद अधिकारी, क्रिक्रेट संघका उपाध्यक्ष अशोक रोका, प्रशिक्षक सञ्जु केसी लगाएत खेलाडीहरुको टोलीले महोत्सव स्थल सार्न माग गर्दै ज्ञापन पत्र वुझाएको हो । लमही नगरविकास समितिले अलपत्र अवस्थामा रहेको क्रिक्रेट मैदान निर्माण गर्न यस वर्ष ८२ लाख वढी रकम खर्चीदैछ । असार मसान्त सम्म काम सक्नेगरी मैदान निर्माणको काम सुरु गरेको गुप्तेश्वर निर्माण सेवाले अहीले सम्म ७५ प्रतिशत काम सम्पन्न गरीसकेको छ । तर, यही निर्माणाधिन मैदानमा महोत्सव सञ्चालन गर्न थालीएको भन्दै स्थानीय स्तरवाट विरोध सुरु भएको छ । खेलाडी र खेल प्रति चासो राख्ने संघ संस्था र ब्यक्तिहरु यसको विरोधमा छन् । उनिहरुले क्रिक्रेट मैदानमा नभएर अनेत्र महोत्सव सञ्चालन गर्न माग गरेका हुन् । यता महोत्सवको मुख्य आयोजकदेउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेले माघ ५ गते देखी १५ गते सम्म आयोजना गरिने महोत्सव क्रिक्रेट मैदानमा सञ्चालन गर्ने वारेमा राजनैतिक दलहरुको सहमती दिएको र सोही अनुसार क्रिक्रेट मैदानमा महोत्सव सञ्चालन गर्न थालीएको वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति