सुवास विश्वकर्मा/माघ १, पाल्पा । धार्मिक ऐतिहासिक एवं पर्यटकीयस्थल रिडीमा आज देखि माघे संक्रान्ति मेला सुरु भएको छ । 

पाल्पा गुल्मी र स्याङ्ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुवास विश्वकर्मा/माघ १, पाल्पा । धार्मिक ऐतिहासिक एवं पर्यटकीयस्थल रिडीमा आज देखि माघे संक्रान्ति मेला सुरु भएको छ । 

पाल्पा गुल्मी र स्याङ्ज"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

रिडीमा माघेसंक्रान्ति मेला सुरु

२०७३, १ माघ शनिबार ०३:१८


सुवास विश्वकर्मा/माघ १, पाल्पा । धार्मिक ऐतिहासिक एवं पर्यटकीयस्थल रिडीमा आज देखि माघे संक्रान्ति मेला सुरु भएको छ । 

पाल्पा गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको कालीगण्डकीमा माघे संक्रान्तिको दिन कालीगण्डकीमा स्नान गर्न श्रद्धालुहरुको घुँइचो लागेको छ । विगतवर्षहरु जस्तै यस पटक पनि माघे संक्रान्तिको अवसरमा रिडी स्थित कालीगण्डकी नदीमा संक्रान्तिको दिन कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुहरुको घुँइचो बढेको हो । 

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम स्थल रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्न र ऋषिकेश भगवानको दर्शन गर्नका लागि नेपालका  पाल्पा, गुल्मी स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्ग, पर्वत, नवलपरासी, रुपन्देही, लगायतका जिल्लाहरु तथा भारतबाट समेत श्रद्धालुहरु रिडी क्षेत्र धाममा आउने गर्दछन् ।

रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मकर संक्रान्तिको अवसर पारेर पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी, पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । 

संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि बाग्लुङ्ग, रुकुम, रोल्पा लगायतका ठाउँबाट तीन दिनसम्मको यात्रा गरी मानिसहरु रिडी आइपुगेका छन् । रिडी क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिलकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । 

नेपालका चार धाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले रुरु क्षेत्र निकै महत्वपूर्ण मानिन्छ । माघे संक्रान्तिको दिन काली गण्डकीमा स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसहरुले आफूले अञ्जानका गरेका सम्पूर्ण पापबाट मोक्ष प्राप्त हुन्छ भन्ने किंवदन्ती छ ।

माघे संक्रान्तिको दिनमा श्रद्धालुहरु काली गण्डकी नदीमा स्नान गरी नजिकै रहेको ऋषिकेष मन्दिरमा गई पूजा आराधना गरेपछि आफूले अञ्जानका गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने विश्वास रहिआएको छ । 

विशेषगरी संक्रान्तिको दिनमा काली गण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋण समेत तिरिने धार्मिक विश्वासका कारण हजारौं मानिसहरु माघे संक्रान्तिको अवसरमा यस क्षेत्रमा आउने प्रचलन रहेको छ । 

स्थानीय रुरु फ्रेण्ड्स युवा क्लव तथा रिडी उद्योग वाणिज्य संघको आयोजना र रुरुस्थित आधा दर्जन भन्दा बढी संघ संस्थाको सहयोगमा संचालित माघे संक्रान्ति मेलामा घरेलु उत्पादित सामग्री लगायत कृषि उपज वस्तुहरुलाई समेत प्रर्दशनमा राखिएको छ । 

मेलालाई लक्षित गरेर रिडीमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा क्लवले विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । उक्त स्थानमा मेला अवधिभर रिडी क्षेत्रमा बराहपुराण समेत संचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ