माघ २, मकवानपुर । मगरहरुको महान् साँस्कृतिक पर्व मकर सगरातीको अवसरमा हेटौँडामा शुभकामना आदन प्रदान गरेका छन् । 

नेपाल मगर संघ मकवानपुरले कार्यक्रमको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, मकवानपुर । मगरहरुको महान् साँस्कृतिक पर्व मकर सगरातीको अवसरमा हेटौँडामा शुभकामना आदन प्रदान गरेका छन् । 

नेपाल मगर संघ मकवानपुरले कार्यक्रमको आ"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मगरहरुले मनाए माघेसंक्रान्ति

२ माघ २०७३, आईतवार ०२:१५

माघ २, मकवानपुर । मगरहरुको महान् साँस्कृतिक पर्व मकर सगरातीको अवसरमा हेटौँडामा शुभकामना आदन प्रदान गरेका छन् । 

नेपाल मगर संघ मकवानपुरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अग्रज मगरहरु, मगर गुठी कार्यसमितिहरुले परम्परागत खानेकुरा घ्यू, चाकु, तरुल, तिलको लड्डु खाएर मगर सगराती मनाएका हुन् ।

कार्यक्रम नेपाल मगर संघ मकवानपुरका अध्यक्ष दुधराज थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य कुश थापा मगर, मकवानपुरका सल्लाहकार शान्तध्वज राना मगर, टक्करबहादुर थापा मगर, नेपाल मगर महिला संघकी निवर्तमान केन्द्रिय सदस्य रमा राना मगर लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेपाल मगर संघ मकवानपुरका सचिव होमबहादुर राना मगरले सहजिकरण गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शंकर थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 थारुको माघी मिलन मनाईयो

मकवानपुरमा बसोबास गर्ने थारु समुदायले माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरि मनाएका छन् । 

कार्यक्रम थारु कल्याणकारिणी सभा मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्य तथा मकवानपुर सभापती हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगर, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, थारु कल्याणकारिणी सभाका मकवानपुर उपसभापती किशोरकुमार चौधरी, मानार्थ सदस्य बासुदेव चौधरी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका मकवानपुर सचिव अशोक सुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभाका मकवानपुर सचिव चन्द्रकान्त चौधरी, सहसचिव अमिता चौधरी लगाएतको आतिथ्य रहेको थियो ।

माघी पर्व आदिबासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँवर्ष पनि हो । यो पर्व हरेक वर्ष मकर संक्रान्तिसँगै पर्ने गर्दछ । माघ १ गतेलाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिंदै आएको छ । यसअघि २०५९ सालदेखि सरकारले थारु कर्मचारीलाई मात्र सार्वजनिक विदा दिने व्यवस्था गरेको थियो । 

यसपर्वमा आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह