माघ २, पाल्पा | एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ । 

जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, पाल्पा | एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ । 

जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

एचआइभी सङ्क्रमित तीन सयभन्दा बढी

२ माघ २०७३, आईतवार ०७:३५

माघ २, पाल्पा | एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ । 

जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितमध्ये ८० पुरुष एक सय दुई महिलाले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेको सक्रिय सेवा समाजले जनाएको छ । एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । 

समाजका टिम लिडर लीलाराज भट्टराईले जिल्लाका दुई गाविस कसेनी र गोठादीमा नमुना कार्यक्रम सञ्चालन गरेर सङ्क्रमितलाई सहयोग र परामर्श दिइएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले एचआइभी सङ्क्रमितलाई सहयोग र तिनको पुनःस्थापना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

प्रतिबद्ध सहयोग समाजका कार्यक्रम सयोजक लक्ष्मी कुँवरले अझै पनि सङ्क्रमित खुल्न नसकेको उदाहरण दिँदै सङ्क्रमितप्रति समाजमा हेय भावले हेरिने गरेको गुनासो गर्नुभयो । 

सरकारी तथा गैरसरकारी संस्था बजेट हुँदा आफूहरुलाई गाउँमा खोज्दै जाने र परियोजना सकिएपछि कुराकानी गर्न समेत नमानेको सङ्क्रमितको गुनासो छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह