नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम"/>
2026-09-08 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हिमपातसंगै कर्णालीको जनजिवन प्रभावित

नन्द बहादुर रोकाया | माघ २, मुगु | हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको । गएराति परेको हिमपात कर्णालीका जुम्ला, हुम्ला, मुगु र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । 

हिजो रातीदेखी पानी पर्नुका साथै हिमपात पनि भएपछि यि क्षेत्रहरुमा जनजिवन प्रभावित भएको छ । सुदुरपश्चिमका कर्णाली क्षेत्रसगँ जोडिएका बाजुरा लगायतका अन्य जिल्लाहरुमा पनी हिमपात भएको छ । जुम्ला सदरमुकाममा रहेको ककेश शाहीका अनुसार हिजो रात्तिबाट शुरु भएको हिमपात आज बिहान सम्ममा झण्डै ३ फिट बराबरको हिउ परेको छ । “हिमपात हुने क्रम जारी छ, हिउँ परेपछि दैनिक हुने धेरैजसो कामकाजहरु सबैका प्रभावित भएका शाहीले जानकारीदिनुभयो । 

यता हुम्लामा पनी हिमपात हुने क्रम जारी रहेको छ । हुम्ला सदरमुकाम सिमिकोटमा रहेका युवराज शाही ठकुरीका अनुसार आज बिहानैबाट हुम्ला सदरमुकाममा शुरु भएको हिमपात अहिलसम्म पनी जारी रहेको छ । हुम्ला सदरमुकाम बाहेकका अन्य क्षेत्रहरुमा  हिजै रात्तिबाट हिमपात शुरु भएको भएपनी सदरमुकाम सिमिकोटमा भने बिहानबाट मात्रै हिमपात शुरु भएको शाहीले जानकारी दिए । यता, मुगु सदरमुकाममा पनी बिहानबाट शुरु  भएको हिमपात अझै जारी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा हिजो रात्तिबाट नै हिमपात शुरु भएको भएपनी सदरमुकाममा भने बिहानबाट मात्रै हिमपात शुरु भएको छ । हिमपात भएपछि जुम्लाको सिजाँ क्षेत्रको जनजिवन पनी प्रभावित  भएको छ । 

हिमपात सगैँ चिसो पनी बढेपछि सबै भन्दा बढी बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन भने सडकहरुमा र बजारपसलहरुमा मानिसको चहलपह समेत शुन्य जस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम