(नारायण ढुंगाना) | माघ २, रत्ननगर (चितवन) | बाघ र गैँडा पाइने चितवन निकुञ्जमा अब अर्ना र बाह्रसिङ्गे पनि खेल्छन् । यसले पर्यटकलाई लोभ्याउने त छँदै छ, जनावरको प्राकृतिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (नारायण ढुंगाना) | माघ २, रत्ननगर (चितवन) | बाघ र गैँडा पाइने चितवन निकुञ्जमा अब अर्ना र बाह्रसिङ्गे पनि खेल्छन् । यसले पर्यटकलाई लोभ्याउने त छँदै छ, जनावरको प्राकृतिक "/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अब अर्ना र बाह्रसिङ्गे चितवनमै

२०७३, २ माघ आईतवार ०८:३५

(नारायण ढुंगाना) | माघ २, रत्ननगर (चितवन) | बाघ र गैँडा पाइने चितवन निकुञ्जमा अब अर्ना र बाह्रसिङ्गे पनि खेल्छन् । यसले पर्यटकलाई लोभ्याउने त छँदै छ, जनावरको प्राकृतिक बासस्थानको विस्तार पनि हुन्छ । 

यस्तो अवसर जुर्न अब धेरै दिन बाँकी छैन । प्रकृतिले साथ दिए एक हप्ताभित्रमा सबै काम पूरा हुँदैछ । अहिले प्राविधिक टोलीहरु स्थानान्तरणकै प्रक्रियामा खटिएका छन् । पर्यटकलाई अर्ना हेर्न कोसीटप्पु नै जानुपर्ने बाध्यता हट्दैछ । यही माघ ३ या ४ गते टोली अर्ना लिन पूर्व प्रस्थान गर्दैछ । निकुञ्ज विभागले दुर्लभ वन्यजन्तु अर्नालाई कोसीटप्पुबाट ल्याएर चितवन राष्ट्रिय निकुञ्जमा यही माघ १० गते सार्वजनिक गर्ने गरी तयारी थालिसकेको छ । 

पूर्वयोजनाअनुसार प्रकृतिले साथ दिए पहिलो चरणमा दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँकै नेतृत्वमा आज संरक्षणकर्मी र प्रविधिज्ञ सहितको टोलीले अर्ना ल्याउने स्थान र त्यसलाई ल्याउन प्रयोग गर्ने काठको बाक्साको स्थलगत निरीक्षण गरेको छ । “अब एकदुई दिनमै टोली जान्छ कोसीटप्पुमा, अनि अर्नालाई ट्राप गरेर ल्याइने छ, चितवनमा राख्ने स्थानको भने सबै तयारी पूरा भइसक्यो,” उहाँले भन्नुभयो । 

कोसीको भौगोलिक बनावट अलि फरक छ । त्यसैले योजनाअनुसार अर्ना ट्र्याप सकिन्छ या सकिन्न यसमा संरक्षणकर्मी गम्भीर भएर लागेका छन् । अर्ना ल्याउन दुईवटा खोर बनाइएको छ भने दुईवटा खोर गैँडा स्थानान्तरणका बेलाको छ । फलाम र काठबाट बनाइएको खोरमा हालेपछि ट्रकमा राखेर अर्ना ल्याइन्छ । जुन दिन अर्ना समातिन्छ त्यही दिन ल्याउन जरुरी हुने भएकाले संरक्षणकर्मी आवश्यक तयारीमा जुटेका छन् । 

आज माघ २ गते नै टोली जाने भनिए पनि प्राविधिक तयारी नपुगेकाले भोलि या पर्सिमा टोली पठाउने उहाँको भनाइ छ । अर्ना यसरी एक ठाउँको संरक्षित क्षेत्रबाट अर्काे स्थानमा लान लागिएको यो पहिलो हो । 

यसअघि कोसीबाट चिडियाखानामा अर्ना लगिएको थियो । तर त्यो बेलामा हेलिकप्टरबाट डाट गरिएको थियो । यसपटक भने मानिसले नै डाट गरेर अर्ना ल्याइने भएकाले यो पहिलो अनुभव हुने खड्का बताउनुहुन्छ । 

पहिलो चरणमा दुईवटा अर्ना ल्याइने र त्यसको अनुभवका आधारमा क्रमैसँग ल्याइने जनाइएको छ । अर्ना ल्याएपछि बाह्रसिङ्गे ल्याउने प्रक्रिया थालिनेछ । दुर्लभ तथा संरक्षित बाघ र गैँडाको मुख्य बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा अब अर्ना र बाह्रसिङ्गे पनि थपिन लागेकाले यहाँका संरक्षणकर्मी उत्साहित छन् । 

पहिलोपटक यसरी अर्ना ल्याउन लागिएकाले आवश्यक अध्ययन भइरहेको छ । कुल पाँच भालेसहित २० अर्ना र २५ बाह्रसिङ्गे ल्याउन लागिए पनि पहिलो चरणमा दुईवटा अर्ना ल्याइने निकुञ्ज विभागले जनाएको छ । तिनीहरुलाई राख्न चितवन निकुञ्जको पूर्वी सेक्टरस्थित पदमपुर ब्लकमा ३० हेक्टर जमिन छुट्याएर ‘इन्क्लोजर’ तयार पारिएको छ । बाघ पस्न नसक्ने सुरक्षित विशेष क्षेत्रलाई इन्क्लोजर भनिन्छ । आवश्यक तयारी पूरा भएको चितवन निकुञ्ज पूर्वी सेक्टरका प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । चितवन निकुञ्जले पानीको स्रोत, ताल, घाँसेमैदानलगायत आवश्यक सबै व्यवस्थापन गरेर इन्क्लोेजर तयार पारेको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका ओभरसियर आनन्द थापा इन्क्लोजर बनाउन सक्रिय हुनुहुन्छ । उहाँका अनुसार बीचमा जाली राखेर दायाँ बायाँ दुई–दुई फिटमा विद्युतीय तारबार बनाइएको छ । अनि रिङ्गै घेरिएको छ । बीचमा अर्ना र बाह्रसिङ्गे राखिनेछ । “यसले बाहिरका जनावरभित्र आउन दिँदैन र भित्रका जनावर बाहिर जान दिँदैन, विद्युतीय झड्का दिन्छ”, थापाले भन्नुभयो । साढे २ महिना लगाएर इन्क्लोजर बनाइएको हो । यहाँ वंश विस्तार भएपछि मात्रै अर्नालाई खुला छाडिनेछ । 

कोसीटप्पुमा अहिले चार सय ३२ वटा अर्ना रहेका छन् । त्यसमध्ये पाँच भालेसहित २० वटा चितवन ल्याउन लागिएको हो । दुई हजार दुई सयभन्दा बढी शुक्लाफाँटामा बाह्रसिङ्गे छन् । बर्दियामा एक सय जति छ । अर्ना भने कोसीमा मात्रै पाइन्छ । अर्ना ल्याइएपछि बर्दियामा गैँडा स्थानान्तरणको सुरु काम हुने निकुञ्ज विभागले जनाएको छ । गएको वर्ष बर्दियामा पठाइएको पाँचवटा गैँडा अहिले राम्रो अवस्थामा छन् । एउटाले बच्चा जन्माइसकेको छ । 

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिङ्गे राखिने र बासस्थानका लागि चाहिने पूर्वाधारसमेत बनाइएको बताउनुहुन्छ । हरियो वन कार्यक्रमले तारजालीलगायत आवश्यक सामग्री उपलब्ध गराएको हो । अर्नाका लागि चार सय मिटर लामो ताल निर्माण भएको छ । घाँसेमैदान बनाइएको छ । “अर्नाका लागि उपयुक्त नै छ, तर बाह्रसिङ्गेका लागि छोटा घाँस चाहिने हुन्छ, हामी त्यसको व्यवस्थापन गरिरहेका छौँ,” निकुञ्जका सूचना अधिकारी अर्यालले भन्नुभयो । 

दुबै क्षेत्रका प्रविधिज्ञ र विज्ञको अनुसन्धानपछि यसरी वन्यजन्तु स्थानान्तरण गर्न लागिएको हो । वन्यजन्तुको वंश संरक्षणका लागि यसरी एक ठाउँबाट अर्का स्थानमा स्थानान्तरण आवश्यक हुने संरक्षणकर्मी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन