२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सामुदायिक वनका पोखरी पुरिन थालेपछि प्राकृतिक सम्पदा लोपहुँदै

३ माघ २०७३, सोमबार ०२:४५

माघ ३, म्याग्दी । पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन् । 

तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् । “सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो”, स्थानीयवासी डेकबहादुर कार्कीले भन्नुभयो, “हाल तालहरू पुरिँदै गएकाले तालको पानी सुक्न थालेको छ ।” तालका जलचर र फूलका प्रजातिसमेत नष्ट भएको कार्कीले बताउनुभयो । 

सामुदायिक वनमा सतिपानी, रोहोटे, भसभसे, अमनीलगायत ताल रहेका छन् । अधिकांश ताल माटोले पुरिएपछि ताल पानीविहीन अवस्थामा पुगेका छन् । सामुदायिक वनमा रहेका कुवा, पोखरी र ताल पुरिएपछि यस क्षेत्रको जैविक विविधता नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताउनुभयो । विभिन्न माछाका प्रजाति र कालो र पहेँलो रङ्गको भ्यागुतासमेत तालमा हाल देखिन छाडेको उहाँले बताउनुभयो । 

प्राकृतिक वस्तुको संरक्षणमा जुटे स्थानीयवासी 

यसैगरी, प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न म्याग्दीको ग्रामीण भेकका बासिन्दा सक्रिय हुन थालेका छन् । जिल्लाको ज्यामरुककोट र अर्मनका स्थानीय बासिन्दा सामुदायिक वनमा पाइने जडीबुटी, वन्यजन्तुजस्ता लोपोन्मुख वस्तु संरक्षण गरेर प्रकोप नियन्त्रण गर्ने योजनासहित प्राकृतिक संरक्षण सम्पदा संस्था खोलेका छन् । 

अन्नपूर्ण प्राकृतिक संरक्षण क्षेत्र बाहेकका क्षेत्रमा केही वर्षयता प्राकृतिक वस्तु र वन्यजन्तु लोप हुन थालेपछि संरक्षणका लागि अभियान थालेको जनाइएको छ । वनजङ्गलमा वन्यजन्तु लोप हुँदै जाँदा पर्यटकीय स्थानको महत्व कम हुँदै जान थालेपछि अभियान थालिएको अर्मनकी प्राकृतिक संरक्षण संस्थाकी सदस्य कोपिला कँडेलले बताउनुभयो । 

उक्त क्षेत्रमा २४ प्रजातिका जडीबुटी पाइने स्थानीय बासिन्दाको भनाइ रहेको छ । बाघ, भालु, चितुवा, चित्तल तथा धेरै चरा पाइने भए पनि बिस्तारै लोप हुन थालेपछि अभियान सुरु गरेको संस्थाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन