2026-10-15 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विकासका लागि “कर्णाली जागरण अभियानको थालनि”


नन्दराम जैशी/माघ ३, जुम्ला । कर्णाली जनअधिकार मञ्चले कर्णालीको विकासका लागि कर्णाली जागरण अभियानको थालनि गरेको छ । 

कर्णालीलाइ राज्यले इतिहाँसको सबै कालखण्डमा सौताने ब्यवहार गरेको भन्दै राज्यबाट कर्णालीलाइ पुर्ण अधिकार दिलाउन कर्णाली जागरण अभियानको थालनि गरीएको कर्णाली जनअधिकार मञ्च केन्द्रीय कमिटि काठमाडौले जनाएको छ ।    

मञ्चले जुम्लामा आज पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते कालिकोट सदरमुकाम मान्ममा उद्घाटन भएको कर्णाली जागरण अभियान आगामि चैत्र ३० गतेसम्म जुम्मामा पनि संचालन गरीने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकाश रोकायाले कर्णाली विशेष स्वायत्त प्रदेश स्थापनाका लागि मञ्चले निरन्तर जिल्ला देखि केन्द्रसम्म दबाबमुलक कार्यक्रम गरी रहेको बताउनुभयो । स्वायत्त प्रदेश स्थापनाका लागि सबै कर्णालीबासिलाइ मञ्चले संचालन गरेको कर्णाली जागरण अभियानलाइ साथ दिन अनुरोध गर्दै कर्णालीको हितका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

कर्णाली जनअधिकार मञ्च दलिय स्वार्थभन्दा माथि उठेर कर्णालीको मुक्तिका लागि कर्णालीमा ब्याप्त विकृति र विसंगतिका बिरुद्ध लड्दै स्वाभिमानको रक्षा तथा सामाजिक र राजनितिक अधिकार सुनिश्चीतका लागि आवाज उठाइ रहेको अध्यक्ष रोकायाले बताउनुभयो । मञ्चले राज्यसँग कर्णाली मैत्रि संविधानको पक्षमा माग गरेको बताउदै कर्णालीका प्रचुर संभावनालाइ राज्यले दयामायाका प्रकारले निति अवलम्बन गर्नुको पछाडि ठुलै रहस्य रहेको उहाको आरोप छ ।    

कर्णालीका एनजिओ, आइएनजिओले कर्णालीबासिको हक हितका लागि काम गरेको बाहानामा समाजमा विकृति नफैलाउन अनुरोध गर्दै नराम्रो काम गर्ने एनजिओ, आइएनजिओलाइ सचेत रहन उहाले सुझाब दिनुभयो । कर्णाली जनअधिकार मञ्चका केन्द्रीय सदस्य इश्वर खत्रिले कर्णालीमा विद्यमान भष्टाचार, अनियमितता, अपारदर्शिता, कालोबजारी, दलालिकरणको अन्त्य गर्दै शान्ती सुरक्षाको ज्ञारेन्टी नहुँदासम्म कर्णाली जागरण अभियानका कार्यक्रमलाइ निरन्तरता दिने बताउनुभयो । पत्रकार सम्मेलनमा जुम्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा