माघ ३, मोरङ । बेतना दैनिकका सम्पादक तथा रेडियो बेतनाका पुर्व स्टेशन म्यानेजर नरेन्द्र बस्नेत पहिलो बेलबारी नगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, मोरङ । बेतना दैनिकका सम्पादक तथा रेडियो बेतनाका पुर्व स्टेशन म्यानेजर नरेन्द्र बस्नेत पहिलो बेलबारी नगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।  
१२ माघ २०८२, आईतवार
मोरङ्ग - MRG

पत्रकार बस्नेतलाई बेलबारी नगर पुरस्कारबाट सम्मानित

३ माघ २०७३, सोमबार ०५:३९

माघ ३, मोरङ । बेतना दैनिकका सम्पादक तथा रेडियो बेतनाका पुर्व स्टेशन म्यानेजर नरेन्द्र बस्नेत पहिलो बेलबारी नगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।  

बेलबारी नगरपालिकाको वार्षिक नगर विकास योजना आर्थिक बर्ष २०७४र०७५ को बजेट सार्वजनिकीकरण कार्यक्रमका अबसरमा आईतबार संघिय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले बस्नेतलाई नगद ५ हजार सहित पुरस्कृत गरेका हुन । 

बस्नेत सँगै स्थानीय फाईट साप्ताहिकका सम्पादक भत्तसेर लिम्बुलाई पनि नगर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बस्नेत र लिम्बुले ३ बर्षअघि संयुत्त रुपमा प्रथम बिष्णु बस्नेत बेतना सिमसार पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन ।  कार्यक्रममा पत्रकार भोजराज बस्नेतलाई खोज पत्रकारितामा सहयोग गरेको भन्दै पुरस्कृत गरियो ।    

पत्रकारहरुसँगै नगरपालिकामा उत्कृष्ट कार्य गरेबापत कर्मचारीहरु कृष्ण प्रसाद चौधरी, सर्जुगलाल चौधरी, भद्र बहादुर घले र बार्षिक रुपमा सबैभन्दा बढी कर तिर्नेमध्ये उत्कृष्ट करदाता बेलबारी ४ का मधुमाया बस्नेतलाई समेत कार्यक्रममा सम्मान गरियो ।   

कार्यक्रममा बेलबारी बजार ब्यबस्थापन समिति,लक्षित बर्ग समुह अन्र्तगत आदिबासी जनजाति महासंघ समन्वय समिति बेलबारी,वडा नागरिक मञ्च बेलबारी २, जनमार्ग कालोपत्रे सकड उपभोत्ता समुह पनि कार्यक्रममा पुरस्कृत भएका छन ।  

कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बजेट प्रस्तुत गरेका थिए । बेलबारी नगरबिकास अध्यक्ष नगेन्द्र जमरकट्टेलले स्वागत मनतब्य राखेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह