माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

2026-09-19 04:13 PM
नवलपुर - NWL

नवलपरासीमा छक्का पन्जा टिमका सबै चलचित्र चल्न नदिने

माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

चलचित्र छक्का पन्जाको पाइरेसीमा मुछिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको संकास्पद मृत्युको र त्यसको निस्पक्ष छानबिनको माग गर्दै नेपाल बिद्यार्थी संघ नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै संगठनले निस्पक्ष छानबिन गरि दोषीलाई कारवाही नभएसम्म छक्का पन्जा टिम घटनासंग जोडिएकाले त्यस टिमले उत्पादन गरेका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने बताएको छ ।

त्यति गर्दा पनि दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बिद्यार्थी संघले जनाएको छ ।

‘नोबेल कलेज सिनामंगलमा अध्यानरत कृष्ण सुबेदी गत पुस २८ गते आफ्नै कोठामा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा भेटिनु र नोटमा आफुलाई पटक-पटक मार्ने धम्कि आउने उल्लेख भएकाले घटना गम्भीर भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो पहिचान गरि कारवाही गर्न जोडदार माग गर्दछ’ संघका जिल्ला अध्यक्ष राजेश पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

चलचित्र पाइरेसी गरेको उजुरी परेपछि केहि दिन अघि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा सुवेदीसहित चार जनासँग सामान्य सोधपुछ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर छाडेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा