दलसिंह गिरी | माघ ४, कालिकोट | कृषि क्षेत्रलाई आधुनिकिकरण गरी समग्र कृषक समुदायलाई आत्मनिर्भर बनाउन पहिलो पटक कालिकोट जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ ४, कालिकोट | कृषि क्षेत्रलाई आधुनिकिकरण गरी समग्र कृषक समुदायलाई आत्मनिर्भर बनाउन पहिलो पटक कालिकोट जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परिय"/>
2026-09-16 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कृषि क्षेत्रको प्रवर्धन लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन

दलसिंह गिरी | माघ ४, कालिकोट | कृषि क्षेत्रलाई आधुनिकिकरण गरी समग्र कृषक समुदायलाई आत्मनिर्भर बनाउन पहिलो पटक कालिकोट जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु हुने भएको छ । जिल्लामा उत्पादित खाध्यान्न, फलफुल तथा दलहन बालीहरु प्रबर्धन गर्न निश्चित पकेट क्षेत्रनिर्धारण गरी यसको ब्यवस्थापन तथा बजारीकरणका लागि यो परियोजना लागु हुने भएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालय द्धारा जिल्ला कृषि विकास कार्यालय मार्फत पहिलो चोटी जिल्लामा तत्काल १० वटा पकेट क्षेत्र तथा एउटा जोन क्षेत्र निर्धारण गरी परियोजना संचालन हुन लागेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा पहिलो पटक संचालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबारे जिल्लामा रहेका सरोकारवाला निकायलाई अभिमुखीकरण गरी कार्यालयले यस्तो कुरा जनाएको हो ।

कृषि विकास अधिकृत सुनिलकुमार सिंहको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यतामा आयोजित अभिमुखिकरणमा परियोजनाबारे बोल्दै कृषि विकास अधिकृत सिंहले जिल्लामा उत्पादीत बाली तथा फलफुलको सम्भाब्यता जिल्ला कृषि विकास कार्यालयले अध्ययन गरिसकेकाले भुगोल सुहाउदो कृषि उत्पादन प्रबर्धनका लागि यो परियोजनाले काम गर्ने बताउनु भएको छ ।

कार्यालयको सम्भाब्यता अध्ययन अनुसार जिल्लाका लालु मालकोट, रुप्सा, कुमालगाउँ, कोटवाडा, रकु, मेहलमुडी र मुम्रा मकै उत्पादनको राम्रो पकेट क्षेत्र भएकाले यसलाई यस परियोजना मार्फत जोन क्षेत्र निर्धारण गरी कार्यक्रम लागु गर्ने, फोइमहादेव, राचुली चिलखाया, छाप्रे, दाहा पाखा लगायतका क्षेत्रलाई स्याउ ब्लग क्षेत्र र पलाता क्षेत्रका नानिकोट, धौलागोह, खिन, थिर्पू र राम्नाकोटलाई फापर उत्पादनको जोन क्षेत्र निर्धारण गरी कार्यक्रम संचालन गर्ने कृषि अधिकृत सिंह ले बताउनु भएको छ ।

स्वीकृत परियोजना संचालनका लागि पहिलो चोटी जिल्लामा करिव १ करोड ९१ लाख बजेट समेत विनियोजन भैसकेकाले जिल्लामा सम्भावित स्याउ, सुन्तला, ओखर, मकै र फारप बाली उत्पादनलाई प्राथमिकतामा राख्ने परियोजनाको मुख्य उद्देश्य रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अभिमुखिकरणमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दुर्ग बहादुर रावतले कृषि क्षेत्रको विकासका लागि सहि मिसन र भिजन तयार पारी लाग्ने ब्यक्ति तथा समुदायलाई प्रबर्धन गर्न आजको आवश्यकता रहेको बताउनु भएको छ । यस्तै सम्पूर्ण पत्रकारहरुको तर्फबाट बोल्दै पत्रकार महासंघका अध्यक्ष कालिबहादुर मल्लले कर्नालीको पहिचानका लागि कालिकोटमा रैथाने बालीको प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ । यसका लागि सकरात्मक सोच र रचनात्मक सुझाव आजको आवश्यकता रहेको समेत बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल