2026-07-11 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ज्ञानेन्द्र मावि निसीका २२ विद्यार्थीको फर्म परिक्षा नियन्त्रण कार्यालयले बुझ्यो

2017-01-17

कृष्ण कँडेल/माघ ४, बागलुङ । समयमै राजस्व रकम जम्मा नभएका कारण परिक्षा फर्म भर्न नपाएका ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीका विद्यार्थीको फर्म परिक्षा नियन्त्रण कार्यालयले बुझेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती र प्रधानाध्यापक धनबहादुर घर्तीले हिजो परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई परिक्षा फर्म बुझाउनुभएको हो । गत मंसिर २९ गते सम्म बैंक खातामा जम्मा गर्नुपर्ने प्रतिविद्यार्थी ५ सय ५० रुपैयाँ रकम निर्धारित समयमा विद्यालयले जम्मा नगरेका कारण विद्यालयको कक्षा १० का २२ जना विद्यार्थीको परिक्षा फर्म भरिएको थिएन । उनिहरु कक्षा १० को अन्तमा लिईने एसईसी परिक्षामा गत बर्ष सहभागी भए पनि सन्तोषजनक ग्रेड नएकाले यो बर्ष आगामी चैत्रमा हुने परिक्षामा ग्रेड वृद्धिका लागि सहभागी हुन चाहान्थे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्तीले राजस्व रकम नेपाल बैंकको खातामा जम्मा गरि विद्यालयको निवेदन सहित जिल्ला शिक्षा कार्यालयको चिठि लिएर परिक्षा नियन्त्रण कार्यालयमै पुगेर परिक्षा फर्म बुझार्ईको बताउनुभयो । 

परिक्षा नियन्त्रण कार्यालयले फर्म बुझेपछि विद्यार्थीले परिक्षा दिन पाउने वा नपाउने भन्ने अन्तिम टुङ्गो परिक्षा बोर्डको बैठकले गर्नुपर्ने हुन्छ । फर्म बुझेपछि विद्यार्थीले परिक्षा दिन पाउने गरि परिक्षा नियन्त्रण कार्यालयले फर्म स्विकृत गर्नेमा आफु विश्वस्त रहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । 

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले पनि अब बोर्डको बैठकले फर्म स्विकृत गर्ने निर्णय गर्नुपर्ने भन्दै परिक्ष नियन्त्रण कार्यालयले फर्म बुझेका कारण सकारात्मक निर्णय आउने आफुलाई लागेको बताउनुभएको छ । 

विद्यार्थीहरुले एसईसि परिक्षामा ग्रेड बृद्धिका लागि परिक्षा दिनबाट बञ्चित हुने अबस्था आएको भन्दै आफुहरुलाई परिक्षा दिने वातावरण मिलाईदिन माग गरेका थिए । 

विद्यालय प्रसासनको लापरवाहिले गर्दा परिक्षा फर्म समेत भर्न नपाएको भन्दै विद्यार्थी र उनिहरुका अभिभावकले जुनसुकै हालतमा परिक्षा दिने व्यवस्था मिलाउन र कमजोरी गर्ने विद्यालय प्रसासनलाई कानुन अनुसार कारवाहि गर्न माग गर्दै आएको थिए । 

विद्यार्थी तालावन्दि सहित दवाब दिएपछि जिल्ला शिक्षा कार्यालय बागलुङको समन्वयमा विद्यालयमा नया कानुनी व्यवस्था अनुसार तत्काल नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेर फर्म स्वकृत गराउने पहल थालिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट