२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ज्ञानेन्द्र मावि निसीका २२ विद्यार्थीको फर्म परिक्षा नियन्त्रण कार्यालयले बुझ्यो

४ माघ २०७३, मंगलवार ०२:३५

कृष्ण कँडेल/माघ ४, बागलुङ । समयमै राजस्व रकम जम्मा नभएका कारण परिक्षा फर्म भर्न नपाएका ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीका विद्यार्थीको फर्म परिक्षा नियन्त्रण कार्यालयले बुझेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती र प्रधानाध्यापक धनबहादुर घर्तीले हिजो परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई परिक्षा फर्म बुझाउनुभएको हो । गत मंसिर २९ गते सम्म बैंक खातामा जम्मा गर्नुपर्ने प्रतिविद्यार्थी ५ सय ५० रुपैयाँ रकम निर्धारित समयमा विद्यालयले जम्मा नगरेका कारण विद्यालयको कक्षा १० का २२ जना विद्यार्थीको परिक्षा फर्म भरिएको थिएन । उनिहरु कक्षा १० को अन्तमा लिईने एसईसी परिक्षामा गत बर्ष सहभागी भए पनि सन्तोषजनक ग्रेड नएकाले यो बर्ष आगामी चैत्रमा हुने परिक्षामा ग्रेड वृद्धिका लागि सहभागी हुन चाहान्थे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्तीले राजस्व रकम नेपाल बैंकको खातामा जम्मा गरि विद्यालयको निवेदन सहित जिल्ला शिक्षा कार्यालयको चिठि लिएर परिक्षा नियन्त्रण कार्यालयमै पुगेर परिक्षा फर्म बुझार्ईको बताउनुभयो । 

परिक्षा नियन्त्रण कार्यालयले फर्म बुझेपछि विद्यार्थीले परिक्षा दिन पाउने वा नपाउने भन्ने अन्तिम टुङ्गो परिक्षा बोर्डको बैठकले गर्नुपर्ने हुन्छ । फर्म बुझेपछि विद्यार्थीले परिक्षा दिन पाउने गरि परिक्षा नियन्त्रण कार्यालयले फर्म स्विकृत गर्नेमा आफु विश्वस्त रहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । 

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले पनि अब बोर्डको बैठकले फर्म स्विकृत गर्ने निर्णय गर्नुपर्ने भन्दै परिक्ष नियन्त्रण कार्यालयले फर्म बुझेका कारण सकारात्मक निर्णय आउने आफुलाई लागेको बताउनुभएको छ । 

विद्यार्थीहरुले एसईसि परिक्षामा ग्रेड बृद्धिका लागि परिक्षा दिनबाट बञ्चित हुने अबस्था आएको भन्दै आफुहरुलाई परिक्षा दिने वातावरण मिलाईदिन माग गरेका थिए । 

विद्यालय प्रसासनको लापरवाहिले गर्दा परिक्षा फर्म समेत भर्न नपाएको भन्दै विद्यार्थी र उनिहरुका अभिभावकले जुनसुकै हालतमा परिक्षा दिने व्यवस्था मिलाउन र कमजोरी गर्ने विद्यालय प्रसासनलाई कानुन अनुसार कारवाहि गर्न माग गर्दै आएको थिए । 

विद्यार्थी तालावन्दि सहित दवाब दिएपछि जिल्ला शिक्षा कार्यालय बागलुङको समन्वयमा विद्यालयमा नया कानुनी व्यवस्था अनुसार तत्काल नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेर फर्म स्वकृत गराउने पहल थालिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य