१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बिममा खानेपानी आयोजना निर्माण

४ माघ २०७३, मंगलवार ०६:३५

माघ ४, म्याग्दी । म्याग्दीको बिममा करिब रु एक करोडको लागतमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । 

बिमको वडा नं ८ र ९ मा पर्ने बाइन्दफाँटमा रु ९५ लाख एकहजारको लागतमा ओखले बिमवाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको परियोजनाबाट एकसय १२ घरधुरी लाभान्वित भएका छन् । 

गाउँका सबै घरमा निजी धारा जडान गरिएको परियोजनाका फिल्ड संयोजक प्रगति कार्कीले जानकारी दिनुभयो । मालिका बालविकास केन्द्र, मालिका प्रावि र आमा समूहको भवनमा थप तीनवटा छुट्टै धारा जडान भएका छन् । 

नेपाल सरकार, फिनल्याड सरकार, जिविस, गाविस र उपभोक्ताको संयुक्त लगानीमा आयोजना निर्माण भएको हो । नेपाल र फिनल्यान्ड सरकारले बराबर रु २६ लाख ६१ हजार पाँचसय नौका दरले लगानी गरेको आयोजनामा जिविसले रु तीन लाख ८० हजार ४७ सहयोग गरेको छ । 

गाविसले रु पाँच लाख ७० हजार लगानी गरेको आयोजना सम्पन्न गर्न उपभोक्ताले रु ३२ लाख २८ हजार ४५ बराबरको श्रमदान गरेका छन्् । घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएका बाइन्दफाँटका बासिन्दालाई सुबिधा भएको हो । 

टाढाबाट पानी ओसार्नुपर्ने झन्झट हटेको छ । समयको बचत भएको छ । मिटर जडान भएकाले आयोजनाको संरक्षण, मर्मतसम्भार र दिगो सञ्चालनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर जुक्जालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह