२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अझै राहत पाएनन् दौड तोलेनीका बाढीपीडितले

२०७३, ४ माघ मंगलवार ०६:३९

खेम बम/माघ ४, डोटी । गत वर्ष आएको बाढीका कारण ठूलो क्षति बेहोरेको दौड तोलेनीले अझै राहत पाउन सकेको छैन । २०७२ साल साउन २५ गते आएको बाढीका कारण क्षतविक्षत भएका दौड र तोलेनी गाविसका जनता अझै राहत पाउने आशामा दिनरात कुरिरहेका छन् । 

एक्कासि आएको अविरल बाढीले एकै घरका पाँच जनाको ज्यान लियो । गरिखाने जमिन जग्गा बगाएर लग्यो, आफ्नै परिवारका पाँचजना सदस्य गुमाएँ, त्यो पीडाले अझै मन झस्काउँछ सोच्नसमेत सकिँदैन, दौडका बाढीपीडित डम्बर बिष्टले भन्नुभयो । ती दिनहरु कहिल्यै र कसैलाई नआओस् उहाँ सम्झनुहुन्छ । जीवन निर्वाह गर्न समेत गाह्रो बनायो । सामान्य क्रियाकाज खर्च पाएको थिएँ, त्यसपछि कोही फर्केर आएनन्, बिष्टले राससलाई बताउनुभयो । 

“राति गोठमा सुतेको अवस्थामा एक्कासि आकाश मडारिएरअझै राहत पाएनन् दौड तोलेनीका बाढीपीडितले आयो, झसङ्ग ब्यूँझें माथिबाट ढुङ्गामुढा बगेर आए कसैलाई ब्युँझाउन नपाई आफू भागेर बाँच्न सफल भएँ”, उहाँले भन्नुभयो । “एकै रातमा पाँचजनाको एकै चिहान भयो”, उहाँले भक्कानिँदै भन्नुभयो । “आफ्नो पूरै खेत बगायो, सुकुम्वासी बनायो”, उहाँले थप्नुभयो । 

बिष्टको मात्रै होइन, बाढीकै कारण एकजना अर्का स्थानीयवासीको मृत्यु भयो भने १५ जना घाइते भएका थिए । त्यँहाका बासिन्दाका ६५ घर भत्किएका थिए भने अझै चारसय आठवटा घर जोखिममा रहेका छन् । 

गाउँलेका ७१ गोठ भत्किए भने एकसय ७६ गोठ अझै जोखिममा रहेका छन् । उक्त बाढीले ५४ वटा पानी घट्ट, एकसय तीन गाईभैँसी, ६ वटा झोलुङ्गे पुल, आठवटा विद्यालय भवन र ५३ हजार रोपनी खेत सहितको जमिन बगाएको दौड तोलेनी गाविसमा बाढी र पहिरोले पारेको प्रभाव तथा आवश्यकता पहिचान प्रतिवेदनमा उल्लेख गरिएको छ । 

डोटी जिल्लास्थित जिल्ला दैवी प्रकोप उद्धार समितिमा पेस गरिएको प्रतिवेदन २०७२ साल मंसिर ९ गते प्रधानमन्त्री कार्यालयमा बुझाउँदासमेत स्थानीयवासीले कुनै राहत नपाएको दौड तोलेनी बाढीपीडित सङ्घर्ष समिति संयोजक टेकबहादुर सिंहले बताउनुभयो । हामीले बारम्बार अनुरोध गर्दासमेत सरकारले कुनै पहल गरेन, सिंहको भनाइ छ । 

दौडकै स्थानीय एवम् बुद्धिजीवी तेजबहादुर डुम्रेलले हालका प्रधानमन्त्रीले दौड तोलेनी नजिकै रहेको खप्तड देख्नुभयो तर बाढीपीडित ग्रस्त दौड तोलेनी नदेखेकोमा गुनासो गर्नुभएको छ । 

साथै, उहाँले हालसम्म बस्ती नसारिएको र पुनर्वासको व्यवस्था नभएको प्रति दुःख व्यक्त गर्नुभयो । बाढीले बगाएका संरचनासमेत नबन्दा स्थानीयवासी झन् समस्यामा परेका छन् भने ६ वटा बगाएका लघुजलविद्युत् आयोजना नबन्दा अन्धकारमा बस्नु परेको दौड तोलेनीका स्थानीयवासीको भनाइ छ । 

एक वर्ष बितिसक्दासमेत सरकारले आफ्ना समस्यालाई सम्बोधन नगरेकोमा समेत त्यहाँका स्थानीयवासी आक्रोशित बनेका छन् । भर्खरै भएको हिमपातले समेत त्यहाँका जनता त्रसित भएको स्थानीयवासी एवम् बाढीपीडित जयबहादुर बिष्टले बताउनुभयो । एकपटक चिराबिरा भएको जमिन माथि हिमपात हुँदा दबिएर भासिने डरले त्यँहाका जनता आक्रान्त बनेका छन् । 

डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माका अनुसार बाढीपीडितलाई जिल्लाबाट उपलब्ध गराउने राहत प्रदान गरिएको छ । त्यतिले मात्रै त्यहाँका जनतालाई राहत नहुने समेत प्रजिअ शर्माले बताउनुभयो । 

हालै मात्र पुनः जिविस डोटीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री कार्यालयलाई सिफारिससहित अनुरोध गरेको निमित्त स्थानीय विकास अधिकारी टेकबहादुर खड्काले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह