२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा जन्मदर्ता गराउँदा उपहार पाइने

२०७३, ४ माघ मंगलवार ०७:०९

माघ ४, झापा । जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । 

यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताउनुभयो । 

उहाँका अनुसार गाविसलाई बालमैत्री गाविस घोषणाका लागि सहयोग पु¥याउन सो नौलो कार्यक्रम थालिएको हो । उक्त सेवा लिँदा गाविसले शिशुका लागि आवश्यक पर्ने सेम्पु, साबुनलगायत पोका नै उपहार दिने गर्छ । 

गाविसले सो कार्यक्रम सञ्चालन गराउन चालु आवका लागि रु तीन लाख रकम विनियोजन गरेको छ । उक्त कार्यक्रम झापामा नै पहिलो नौलो कार्यक्रम भएको सचिव शाक्यले जिकिर गर्नुभयो । 

उपहार लिनका लागि सेवाग्राहीले शिशु जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्ने, शिशुले पहिलो खोप बिसिजी लगाएको हुनुपर्ने, परिवारले अनिवार्य रुपमा शौचालय बनाएको हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन् । 

उक्त कार्यक्रमबाट गाविसले अघि सारेका खुला दिसामुक्त, पूर्णखोपयुक्त लगायत कार्यक्रमको प्रभावकारितामा सघाउ पुग्ने बताइएको छ । गाविसको स्वास्थ्य चौकीमा मासिक ४५ शिशुले नियमित रुपमा खोप लिँदै आएका छन् । कार्यक्रमबाट वार्षिक पाँच सयभन्दा बढी अभिभावकले सेवा लिने अपेक्षा गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ