१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा जन्मदर्ता गराउँदा उपहार पाइने

४ माघ २०७३, मंगलवार ०७:०९

माघ ४, झापा । जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । 

यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताउनुभयो । 

उहाँका अनुसार गाविसलाई बालमैत्री गाविस घोषणाका लागि सहयोग पु¥याउन सो नौलो कार्यक्रम थालिएको हो । उक्त सेवा लिँदा गाविसले शिशुका लागि आवश्यक पर्ने सेम्पु, साबुनलगायत पोका नै उपहार दिने गर्छ । 

गाविसले सो कार्यक्रम सञ्चालन गराउन चालु आवका लागि रु तीन लाख रकम विनियोजन गरेको छ । उक्त कार्यक्रम झापामा नै पहिलो नौलो कार्यक्रम भएको सचिव शाक्यले जिकिर गर्नुभयो । 

उपहार लिनका लागि सेवाग्राहीले शिशु जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्ने, शिशुले पहिलो खोप बिसिजी लगाएको हुनुपर्ने, परिवारले अनिवार्य रुपमा शौचालय बनाएको हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन् । 

उक्त कार्यक्रमबाट गाविसले अघि सारेका खुला दिसामुक्त, पूर्णखोपयुक्त लगायत कार्यक्रमको प्रभावकारितामा सघाउ पुग्ने बताइएको छ । गाविसको स्वास्थ्य चौकीमा मासिक ४५ शिशुले नियमित रुपमा खोप लिँदै आएका छन् । कार्यक्रमबाट वार्षिक पाँच सयभन्दा बढी अभिभावकले सेवा लिने अपेक्षा गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह