2026-09-19 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डाँडाफया गाविसका सचिवद्वारा सामाजिक सुरक्षा भत्तामा अनियमितता

नरजन तामाङ/माघ ४, सिमकोट । हुम्लाको डाँडाफया गाविसका सचिवले आर्थिक वर्षको २०७२र०७३ सालको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको छन् । 

सामाजिक सुरक्षा भत्ताको ११ लाख रकम खाने गाविस सचिव रामप्रसाद देवकोटा हुन् । उनले हिनामिना गरेको रकम फिर्ताको साथै गाउँ परिषद् सञ्चालन गर्न जिल्ला विकास समितिले पटक पटक ताकेता गर्दा पनि सचिव देवकोटाले टेर पुच्छर लगाएका छैनन् ।

सचिव देवकोटा गाविसमा समेत उपस्थित नभएपछि आइतबार सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रकाश सिटौलाको संयोजकत्वमा गाएको टोलीले समेत गाउँ परिषद् सञ्चालनको लागि सहमतिमा जुटाउन सकेन ।

सामाजिक सुरुक्षा भता वितरण नगरि सचिव देवकोटाले हिनामिना गरेको रकमका हिसाब खाता नहुँदासम्म परिषद् स्थगित भएको छ । हिनामिना भएको रकम गाविसमा नबुझाउँदासम्म परिषद् नगर्ने स्थानीयबासीको अडान छ ।

सोमबार सिमकोट गाविस सचिव धर्मराज रोकाय र सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रसाद सिटौला र जिल्ला विकास समितिबाट रामप्रसाद अधिकारीको सहभागितामा परिषद् सञ्चालन गर्ने भनिएता सहमति हुन सकेन ।

डाँडाफायाँ गाविस निवासी केश शाहीका अनुसार गाविसमा जाने रकम अनियमितता गरेको बारे बारम्बार कुरा उठाउदा समेत सम्बन्धित निकायले बेवास्ता गर्दै आएको थियो । हिनामिना रकमबारे छानबिन समिति गठन गर्दा पनि जिल्ला विकास समितिले सुनुवाइ नगरेको शाहीले बताइन् । सोही गाउँका दीपबहादुर शाहीले सचिव देवकोटाले गरेको हिनामिना रकममा कुरा नमिल्दा परिषद् रोकिएको बताए ।

गाउँ परिषद् सञ्चालनलाई सहज वातावरण बनाउन भन्दै डाँडाफया पुगेका सहायक प्रमुख अधिकारी सिटौलाका अनुसार हरेक वर्ष हुम्ला जिल्लाका कतिपय गाविसमा जाने सामाजिक सुरक्षा भता गाविसकै सचिवहरुको मिलेमोतोमा हिनामिना गर्छन् । यस पटक भने जिल्ला विकास समिति भने यसपटक ताकेता लगाएको छ । गाविस सचिवहरुले रकम हिनामिना गर्दै आएको सिटौलाले स्वीकार गरेका छन् ।

स्थानीय विकास अधिकारी बलदेव प्रसाद जोशीले रकम हिनामिना गरेको पाइए कानुनअनुसार कारवाही गर्ने बताउँछन् । तत्कालिन गाविस सचिव देवकोटकै पालको रकम अनियमिता देखिएको भन्ने गुनासो आएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई