१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उद्योग बाणिज्य संघद्वारा निशुल्क आँखा शिविरको समिक्षा

५ माघ २०७३, बुधबार ०२:५४

कृष्ण कँडेल/माघ ५, बागलुङ । बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाइले गत पुसमा सञ्चालन गरेको ३ दिने निशुल्क आँखा शिविरको समिक्षा गरेको छ । ईकाईको मंगलबार भएको बैठकमा शिविर अपेक्षा अनुसार नै सफल भएको निष्कर्ष आएको अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिनुभयो । 

अर्को बैठक माघ ८ गते गर्ने निर्णय भएको छ । यो बैठकपछि आँखा शिविरको आम्दानी खर्च सार्बजनिक गरिने अध्यक्ष कँडेलले जानकारी दिनुभयो । हिमालय आँख अस्पताला घारिपाटन पोखराको प्राविधिक सहयोग, बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजना र नेपाल नेत्रज्योती संघ बागलुङको समन्वय तथा स्थानिय संघ संस्थासँगको सहकार्यमा पुस २२ गते देखि २४ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । शिविरबाट ८२ जनाको आँखाका शल्यक्रिया भएको थियो भने १ हजार ३ सय १० जनाले सेवा लिएका थिए । 

बैठकमा बुर्तिबाङ महोत्सव आयोजना गर्ने विषयमा पनि छलफल भएको थियो । जिल्ला विकास समिति बागलुङ, बुर्तिबाङ नगर विकास समिति, नेपाल पर्यटन बोर्ड लगायतका संघसंस्थाहरुसँग सहकार्य गरि बुर्तिबाङ महोत्सव गर्ने विषयमा छलफल भएको अध्यक्ष शर्माको भनाई छ । 

महोत्सवको विषयमा आगमी बैठकमा थप छलफल हुनेछ । बैठकले उद्योग बाँणिज्य संघको सदस्यता नविकरणका लागि आएका निवेदन माघ १५ गते भित्र बागलुङ उद्योग बाँणिज्य संघको कार्यालय पठाउने निर्णय पनि गरेको छ । बुर्तिबाङ ईकाईमा ६८ जना व्यवसायी आवद्ध रहेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह