अजयकुमार साह | माघ ५, उदयपुर (गाईघाट) | जिल्ला शिक्षा कार्यालयको समन्वय, जाल्पा एकिकृत विकास समाज उदयपुरको अयोजना र वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा बालविकास केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | माघ ५, उदयपुर (गाईघाट) | जिल्ला शिक्षा कार्यालयको समन्वय, जाल्पा एकिकृत विकास समाज उदयपुरको अयोजना र वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा बालविकास केन्"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बाल विकास केन्द्रहरुको उचित व्यवस्थापनमा जोड

५ माघ २०७३, बुधबार १४:२७

अजयकुमार साह | माघ ५, उदयपुर (गाईघाट) | जिल्ला शिक्षा कार्यालयको समन्वय, जाल्पा एकिकृत विकास समाज उदयपुरको अयोजना र वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुका लागि ५ दिवसिय पुनरताजगी तालिम बुधबारबाट कटारीमा शुरु भएको छ ।

जिल्लाको पश्चिमी गाविसहरु तावाश्री, लिम्पाटार, ओख्ले, रुपाटार, लेखगाउँ र ईनामेका विद्यालय र समुदायमा आधारित बाल विकास केन्द्रका २१ जना सहयोगी कार्यकर्ताहरु तालिममा सहभागी भएको आयोजक संस्था जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो ।

पाँच दिन सम्म आयोजना हुने सो तालिमको आज बुधबार उदघाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका सहायक जिशिअ तथा बाल विकास केन्द्रका फोकल पर्सन रामेश्वर कुँवरले ३ देखी ५ बर्ष सम्मका बालबालिकाहरुको चौतर्फी विकासका लागि बाल विकास केन्द्र महत्वपूर्ण केन्द्रको रुपमा रहेकोले सवै भन्दा बढी संवेदनशिल रुपमा लिई केन्द्रहरुको भौतिक पूर्वाधारका साथै सिकाई वातावरण समेत तयार गर्न स्थानिय स्तरमै पहलको खाँचो रहेको बताउनुभयो ।

बाल विकास केन्द्रको विषयमा सरकारी स्तरबाट भएको परिमार्जित सकारात्मक पहलहरुलाई स्वागत गर्दै अझ बढी स्थानिय स्तरबाट बाल विकास केन्द्रको पूर्वाधारहरुको विकास गर्नु जरुरी रहेको सहायक जिशिअ कुँवरले बताउनुभयो ।

तालिम आयोजक संस्था जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले सरकारले शिक्षा कार्यालय मार्फत बाल विकास केन्द्रको सहयोगी कार्यकर्ताको पारिश्रमिक देखि यसको उचित व्यवस्थापनमा जोड दिएकोले समुदायमा रहेका बालबालिकाहरुलाई त्यस तर्फ आकर्षित गर्न सहयोगी कार्यकर्ता र व्यवस्थापन समितिहरुको महत्वपूर्ण भुमिका रहने औल्याउनुभयो ।माघ ९ गते सम्म संचालन भईरहेको उक्त तालिमको सहजीकरण सहायक जिशिअ रामेश्वर कूँवर, सेतो गुराँसकी महेश्वरी राई र देवी कटुवालले गरिरहनुभएको परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । तालिममा बालबालिकाहरुका लागि सिकाई सामंग्रीहरु निर्माण गर्ने देखि यसको उचित प्रयोगको विषयमा सहयोगी कार्यकर्ताहरुलाई पुनरताजगी गराउने उद्देश्य रहेको संयोजक साहले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह