१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तमान बागलुङको २६औँ खोप सुनिश्चित गाविस बन्यो

६ माघ २०७३, बिहीबार ०२:४०

कृष्ण कँडेल/माघ ६, बागलुङ । पश्चिम बागलुङको तमान गाविसलाई बुधबार पुर्ण खोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ । 

गाविसमा रहेका ७५ जना खोप उमेर समुहका वालवालिका मध्ये सवैले खोप पाएपछि तमानलाई बागलुङको २६ औँ पुर्णखोप सुनिष्चित गाविस घोषणा गरिएको हो । गाविस भित्र अहिले खोप उमेर समुहका २४ जना बालबालिकाले नियमित खोप लिईरहेका छन् । 

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रसासक दिपक तिवारीले वालवालिकालाई अनिवार्य रुपमा खोप लगाउनुपर्नेका जोड दिनुभयो । उहाँले सवै खोपको मात्र पुरा गरेका बालबालिकामा रोग प्रतिरक्षा क्षमता बलियो हुने बताउनुभयो । कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले मन्तव्य राख्नुभएको थियो । 

सो अवसरमा पञ्चेबाजा सहित स्थानिय झाँकी प्रश्तुत भएको कार्यक्रममा रहनुभएका जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

कार्यक्रम तमान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका बरिष्ठ सदस्य मनबहादुर बुढाथोकीको अध्यक्षता, तमान स्वाथ्यचौकीका अनमी अञ्जुलाकुमार मण्डलको स्वागत र तुल्सी नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह