२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङको तामाङ बस्तीमा ‘होमस्टे’ सञ्चालन

२०७३, ६ माघ बिहीबार ०८:१३

माघ ६, लमजुङ । जिल्लामै पहिलोचोटी तामाङ बस्तीमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । 

भुलभुले गाविसअन्तर्गत भुस्मेको तामाङ बस्तीमा होमस्टे सुरु गरिएको हो । तामाङ संस्कृति र प्राकृतिक सुन्दरतालाई प्रवद्र्धन गर्न गाउँमा होमस्टे सुरु गरिएको होमस्टे सञ्चालन समितिका अध्यक्ष होमराज तामाङले बताउनुभयो । 

“गाउँबाट बसाइँसरी अन्यत्र गएकालाई गाउँमै फर्काउन र लोप हुन लागेको संस्कृतिलाई जोगाउन होमस्टे सुरु गरिएको हो,” उहाँले भन्नुभयो । पचपन्न घरधुरी रहेको भुस्मेगाउँमा तीनवटा घरबाट सुरु गरिएको होमस्टे १० वटा घरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । यहाँका होमस्टेमा अहिले ३० जनाभन्दा बढी पाहुना राख्न सकिन्छ । 

होमस्टे सञ्चालनका लागि गाउँमै प्रशिक्षक बोलाएर तालिम प्रदान गरिएको छ । होमराज तामाङ, नारायण तामाङ र धनसिंह तामाङको घरमा होमस्टे सञ्चालनका लाग आवश्यक पूर्वाधार निर्माण गरिएको छ । भुस्मे गाउँ आलु उत्पादनका लागि प्रसिद्ध छ । पछिल्लो समय यहाँका किसान अलैँची खेतीतर्फ समेत आकर्षित भएका छन् । 

नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङका अनुसार गाउँमा पुग्ने पर्यटकले स्थानीय खानाको स्वाद लिन पाउने छन् । होमस्टेमा बस्न आउने पर्यटकलाई परम्परागत खाना कोदोको ढिँडो, लोकल कुखुराको मासु, फापरको परिकार, मस्याङ्को दाल, वन तरुल, सिस्नुको खोले, च्याउको परिकार खुवाइन्छ । 

गाउँमा आएका पाहुनालाई तामाङ संस्कृतिअन्तर्गत तामाङ सेला, डम्फू नाच, म्हेन्दो माया नाच, मने नाच, तम्बा नाचबाट मनोरञ्जन दिने गरिएको छ । यसअघि बेसीसहरको नरुवालस्थित मगर बस्तीमा पनि होमस्टे सुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा