देउखुरी टुडे राष्ट्रिय साप्ताहिकको बिमोचन

सन्तोषकुमार गुप्ता । देउखुरी ६, माघ । नेपाल पत्रकार महास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देउखुरी टुडे राष्ट्रिय साप्ताहिकको बिमोचन

सन्तोषकुमार गुप्ता । देउखुरी ६, माघ । नेपाल पत्रकार महास"/>

2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मिडिया राजनिति केन्द्रित मात्र हुन हुँदैन – केन्द्रिय सचिव चलाउने

देउखुरी टुडे राष्ट्रिय साप्ताहिकको बिमोचन

सन्तोषकुमार गुप्ता । देउखुरी ६, माघ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव प्रभात चलाउनेले निश्चित नेता र निश्चित ब्यक्तिको प्रभावबाट मिडिया कहिलै पनि गुलाम बनेर राजनितिमा मात्र केन्द्रित हुन नहुने र मिडिया कुनै दल बिशेषको मुखपत्र पनि बन्न नहुने बताएका छन्  । 

देउखुरीको भालुवाङमा देउखुरी टुडे राष्ट्रिय साप्ताहिक पत्रिकाको बिमोचन तथा समृद्ध देउखुरीका लागि पत्रकारिता बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै चलाउनेले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका चलाउनेले मिडिया परिवर्तनको संवाहक भएकोले सचेत लेखक र सचेत पाठकको आबश्यकता भएको भन्दै उनले नागरिकलाई सुसूचित गराउने र सचेत गराउने मुख्य दायित्व पनि संचार माध्यम भएको बताए । पत्रकारीतामा संख्यात्मक विकास भन्दा गुणात्मक विकास हुनुपर्ने भन्दै पत्रकारको क्षमताले उचित स्थान पाएमा तथा लुकेका कुरा बाहिर ल्याउने हिम्मत र आँट गरेमा मोफसल पनि केन्द्र बन्न सक्ने उनले बताए । सुचना नै अहिलेको बिश्वको शक्तिशाली चीज भएको बताउँदै पत्रकारले निश्पक्ष स्वतन्त्र र मर्यादित पत्रकारीता गर्नुपर्ने उनले धारणा राखे ।

साप्ताहिकका प्रकाशक तथा सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती उद्योग वाणीज्य संघ भालुवाङका अध्यक्ष ताराबहादुर डिसी, पत्रिकाका कानुनी सल्लाहकार अधिवक्ता नुमानन्द आचार्य, नेकपा एमाले लालमटिया गाउँ कमिटीका उपाध्यक्ष पे्रमबहादुर केसी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, नेकपा माओवादी लालमटिया सक्रेटरी भिमप्रकाश पुन, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य टोपबहादुर कार्की, देउखुरी भ्याली माविका प्रिन्सिपल शोभाखर भुसाल, कृषि सेवा केन्द्र लमहीका प्रमुख महेश अधिकारी, हाम्रो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सिन्धु शर्मा, शिक्षक जीबराज शर्मा, नेपाल पत्रकार महासंघ रोल्पा शाखाका सह—सचिव दिपेश विष्ट, क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रिय सदस्य जानकी दहित, क्रान्तिकारी पत्रकार संगठन प्युठान जिल्ला अध्यक्ष हरि भण्डारी, पत्रिकाका अतिथि सम्पादक रामसुरत यादव, समाजसेवी तथा बुद्धिजिवी ऋषिराम बस्नेत, पत्रिकाका विशेष सल्लाहाकार होमप्रसाद शर्मा, पत्रकार जमिर शाहा र व्यापारी विक्रम पाण्डे लगायतका वक्ताहरुले पत्रिकाको निरन्तरताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पत्रिकाका प्रधान सम्पादक शिवराज पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रिकाका सह—सम्पादक विदुर एमसीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रिकाका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले गरेका थिए । 

“गाउँ देखि शहर, खबर भित्रको खवर” भन्ने मुलनाराका साथ प्रत्येक हप्ताको बुधबार प्रकाशन हुने पत्रिकाका प्रकाशक÷सम्पादकमा सन्तोषकुमार गुप्ता, प्रधान सम्पादकमा शिबराज पन्थी, सह—सम्पादकमा बिदुर एमसी., उप–सम्पादकमा सुमन केसी, कार्यकारी सम्पादकमा ओंमप्रकाश गुप्ता, प्रबन्ध सम्पादकमा सागर थापा, कानुनी सल्लाहाकारमा नुमानन्द आचार्य रहेका छन् । यसैगरी पत्रिकाको अतिथि सम्पादकमा रामसुरत यादव, सल्लाहकार सम्पादकमा हरि पोखे्रल, प्रबन्धकमा पम्फा गौचन र व्यवस्थापकमा कृष्णप्रसाद भण्डारी रहेका छन् । त्यसैगरी पत्रिकाको बिशेष सल्लाहकारहरुमा निमबहादुर थापा, होमप्रसाद शर्मा, बालगोविन्द चौधरी, भानु जोशी, हरि भुसाल र दिलबहादुर महतरा रहेको प्रत्रिकाका प्रकाशक÷सम्पादक गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो