माघ ६, कञ्चनपुर । भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले आज कञ्चनपुरको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको डोकेबजारमा शिलान्यास गर्नुभए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, कञ्चनपुर । भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले आज कञ्चनपुरको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको डोकेबजारमा शिलान्यास गर्नुभए"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने मूल सडकहरुको मन्त्री लेखकद्वारा शिलान्यास

६ माघ २०७३, बिहीबार १४:५७

माघ ६, कञ्चनपुर । भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले आज कञ्चनपुरको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको डोकेबजारमा शिलान्यास गर्नुभएको छ  । 

दैजी–बेल्डाँडी, बेल्डाँडी–बेलौरी र बेलौरी–डोकेबजार सम्म तीन ओटै सडकखण्डको करिब ६२ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न डेढ अरब बराबरको बजेटमा टेन्डर खुलेको थियो । जसमा अहिले एक अरब १७ करोडको ठेक्का भइसकेको छ । टेन्डरका सबै प्रक्रिया सकिएपछि अब कालोपत्रेका लागि काम थालनी गरिएको हो । 

शिलान्यास पछि आज बेलौरीको संविधानचोकमा नेपाली कांग्रेश बेलौरी नगर कार्यसमितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिणी क्षेत्रको सडक सञ्जाल कालोपत्रे बन्दा जिल्लाको दक्षिणी क्षेत्रमा औद्योगिकीकरण गर्न, कृषिजन्य भूमी भएको हुँदा कृषिमा नयाँपन ल्याई व्यावसायिक कृषिपेशा गर्न, व्यापार व्यवसायमा आधुनिकीकरण ल्याउन, सदरमुकाम लगायत अन्य जिल्लासंग सञ्जाल जोड्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै, रेडियो बेलौरीसंगको कुराकानीमा मन्त्री लेखकले अढाई वर्षभित्र काम गरिसक्नुपर्ने गुणस्तरीय सडक कालोपत्रे गर्नका लागि सरकारले ६२ किलोमिटर सडकखण्डमा एक अरब पचास लाख छुट्याइसकेको र अझै बढी रकम आवश्यक परे सरकारले जतिपनि रकम विनियोजन गर्ने दाबी गर्दै यस क्षेत्रका सबै निकायले निगरानी गर्नुपर्ने बताउनु भयो । आर्थिक अभावले यो सडक कुनैपनि हालतमा कालोपत्रे हुनबाट नरोकिनेमा यस क्षेत्रका बासिन्दालाई विश्वास दिलाउनु भयो । 

मन्त्री लेखकले कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रलाई आगामी ३ वर्षसम्म पूर्वमा धनगढी, पश्चिममा महेन्द्रनगर र दक्षिणमा भारतसंग पक्की सडकले जोड्दा यो क्षेत्र कञ्चनपुरकै सबैभन्दा बढी आर्थिक कारोबार हुने र सर्वोन्नतीको बाटो खुल्नेमा विश्वास व्यक्त गर्नुभयो । मंसिर पहिलो हप्ता दैजी देखि डोकेबजार सम्मको सडकखण्ड कालोपत्रेका लागि टेन्डर आह्वान भएको थियो ।

त्यस्तै, कलुवापुर–बेलौरी सडकखण्डको पनि आजै शिलान्यास गरिने भनिए तापनि व्यस्त समयका बाबजुत शिलान्यास गर्न नसकेको उल्लेख गर्दै करिब ३१ किलोमिटरका लागि अहिले १८ करोड बजेट विनियोजन गरी कार्यथालनीको अन्तिम तयारी भइरहेको उल्लेख गर्नुभयो । 

सदियौँ देखि सास्ती खेप्दै आएका कञ्चनपुरको दक्षिण क्षेत्रबासी यतिबेला हर्षित भएका छन् । साथै जिल्लाको दक्षिणी क्षेत्रको सदरमुकाम संगको प्रत्यक्ष सम्बन्ध अझै नजिक हुने भएको छ । यसका अलावा व्यापारिक दृष्टीकोणबाट समेत दक्षिणी क्षेत्र र अन्य व्यापारिक केन्द्रको सम्बन्ध अझ नजिक र व्यापारमा समेत बृद्धि हुने विश्वास गरिएको छ । हरिश चन्द्र बागको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो