माघ ६, कञ्चनपुर । भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले आज कञ्चनपुरको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको डोकेबजारमा शिलान्यास गर्नुभए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, कञ्चनपुर । भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले आज कञ्चनपुरको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको डोकेबजारमा शिलान्यास गर्नुभए"/>
2026-07-11 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने मूल सडकहरुको मन्त्री लेखकद्वारा शिलान्यास

2017-01-19

माघ ६, कञ्चनपुर । भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले आज कञ्चनपुरको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको डोकेबजारमा शिलान्यास गर्नुभएको छ  । 

दैजी–बेल्डाँडी, बेल्डाँडी–बेलौरी र बेलौरी–डोकेबजार सम्म तीन ओटै सडकखण्डको करिब ६२ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न डेढ अरब बराबरको बजेटमा टेन्डर खुलेको थियो । जसमा अहिले एक अरब १७ करोडको ठेक्का भइसकेको छ । टेन्डरका सबै प्रक्रिया सकिएपछि अब कालोपत्रेका लागि काम थालनी गरिएको हो । 

शिलान्यास पछि आज बेलौरीको संविधानचोकमा नेपाली कांग्रेश बेलौरी नगर कार्यसमितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिणी क्षेत्रको सडक सञ्जाल कालोपत्रे बन्दा जिल्लाको दक्षिणी क्षेत्रमा औद्योगिकीकरण गर्न, कृषिजन्य भूमी भएको हुँदा कृषिमा नयाँपन ल्याई व्यावसायिक कृषिपेशा गर्न, व्यापार व्यवसायमा आधुनिकीकरण ल्याउन, सदरमुकाम लगायत अन्य जिल्लासंग सञ्जाल जोड्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै, रेडियो बेलौरीसंगको कुराकानीमा मन्त्री लेखकले अढाई वर्षभित्र काम गरिसक्नुपर्ने गुणस्तरीय सडक कालोपत्रे गर्नका लागि सरकारले ६२ किलोमिटर सडकखण्डमा एक अरब पचास लाख छुट्याइसकेको र अझै बढी रकम आवश्यक परे सरकारले जतिपनि रकम विनियोजन गर्ने दाबी गर्दै यस क्षेत्रका सबै निकायले निगरानी गर्नुपर्ने बताउनु भयो । आर्थिक अभावले यो सडक कुनैपनि हालतमा कालोपत्रे हुनबाट नरोकिनेमा यस क्षेत्रका बासिन्दालाई विश्वास दिलाउनु भयो । 

मन्त्री लेखकले कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रलाई आगामी ३ वर्षसम्म पूर्वमा धनगढी, पश्चिममा महेन्द्रनगर र दक्षिणमा भारतसंग पक्की सडकले जोड्दा यो क्षेत्र कञ्चनपुरकै सबैभन्दा बढी आर्थिक कारोबार हुने र सर्वोन्नतीको बाटो खुल्नेमा विश्वास व्यक्त गर्नुभयो । मंसिर पहिलो हप्ता दैजी देखि डोकेबजार सम्मको सडकखण्ड कालोपत्रेका लागि टेन्डर आह्वान भएको थियो ।

त्यस्तै, कलुवापुर–बेलौरी सडकखण्डको पनि आजै शिलान्यास गरिने भनिए तापनि व्यस्त समयका बाबजुत शिलान्यास गर्न नसकेको उल्लेख गर्दै करिब ३१ किलोमिटरका लागि अहिले १८ करोड बजेट विनियोजन गरी कार्यथालनीको अन्तिम तयारी भइरहेको उल्लेख गर्नुभयो । 

सदियौँ देखि सास्ती खेप्दै आएका कञ्चनपुरको दक्षिण क्षेत्रबासी यतिबेला हर्षित भएका छन् । साथै जिल्लाको दक्षिणी क्षेत्रको सदरमुकाम संगको प्रत्यक्ष सम्बन्ध अझै नजिक हुने भएको छ । यसका अलावा व्यापारिक दृष्टीकोणबाट समेत दक्षिणी क्षेत्र र अन्य व्यापारिक केन्द्रको सम्बन्ध अझ नजिक र व्यापारमा समेत बृद्धि हुने विश्वास गरिएको छ । हरिश चन्द्र बागको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट