१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो

७ माघ २०७३, शुक्रबार ०६:४३

माघ ७, नेपालगन्ज । थोर थोरै रकम जम्मा गर्न सकिने तथा राम्रो ब्याजदर प्राप्त हुने भएपछि बाँकेमा सञ्चालित हुलाक बचत बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । 

जिल्ला हुलाक कार्यालयद्वारा सञ्चालित सो बैंकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । विसं २०६३ असोजदेखि सञ्चालनमा ल्याइएको सो बैंकमा गत मङ्सिरसम्म एक हजार ६६७ बचतकर्ता रहेका जिल्ला हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले बताउनुभयो । 

‘हुलाक बचत बैंकमा खाता खोलौँ, बचत गर्ने बानी बसालौँ’ नारा रहेको सो बैंकमा रु १०० देखि रु १० लाखसम्मको खाता खोल्न पाउने व्यवस्था गरिएको छ । बैंकले साधारणतर्पm तीन र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । हुलाकका कर्मचारीले अनिवार्य खाता खोल्नुपर्ने जनाइएको छ । 

सो बंैकले यस वर्षको मङ्सिर मसान्तसम्म रु ९६ लाख मुनाफा आर्जन गरेको छ भने निक्षेप सङ्कलन रु आठ करोड ७४ लाख पु¥याएको छ । बैंकमा खाता खोल्नेको सङ्ख्या सहरको भन्दा ग्रामीण भेगका नागरिकको बढी छ । सो बैंकले हुलाकअन्तर्गतका कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा रु एक करोड ३७ लाख ऋण लगानी गरेको कर्मचारी साधुराम चौधरीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह