2026-09-03 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता

रामचन्द्र न्यौपाने, माघ ७, डोल्पा । सदरमुकाम दुनैसम्म सडक पु¥याउनका लागि भेरी करिडोरको निर्माण कार्यलाई तीव्र पारिएको छ । 

जाजरकोट–डोल्पा सडकखण्डको करिब ११८ किलोमिटर सडकमध्ये १०६ किलोमिटरको काम पूरा भइसकेको छ । डोल्पा–रुकुमको सीमावर्ती क्षेत्र त्रिवेणी बजारबाट दुनैसम्मको करिब १२ किलोमिटर सडकखण्डको ट्र्याक खोल्न बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्ड निर्माण कार्यदलका प्रमुख सेनानी विश्ववन्धु पहाडीले जानकारी दिनुभयो । 

बाँकी रहेको सडकखण्ड ठूला ठूला भिरपहरायुक्त भएकाले निर्माण कार्य अत्यन्तै जोखिमपूर्ण रहेको उहाँको भनाइ छ । पर्याप्त बजेटको अभाव हुँदा समयमै सडक निर्माण गर्न सकिने अवस्था छैन । आवश्यक बजेट विनियोजका लागि सरकारसँग आग्रह गरिएको छ । चालु आवमा सरकारले रु १७ करोड बजेट विनियोजन गरेको छ । 

डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट, रुकुम र डोल्पाका ६ स्थानमा निर्माण बेस क्याम्प खडा गरेर काम अगाडी बढाइएको पहाडीले बताउनुभयो । “आगामी आवमा आवश्यक बजेट प्राप्त भए एक वर्षभित्र ट्र्याक खोल्न सक्छाँै,” उहाँले भन्नुभयो । सेनाले अहिले त्रिवेणी, करोपगाड र खदाङमा सडक निर्माण गरिरहेको छ । 

नेपाली सेनाले जाजरकोट–रुकुमखण्डको ७८ किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी डोल्पा सिमानासम्म सडक जोड्न सफल भएको छ । गत साउनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यको उद्घाटन गर्नुभएको थियो । जिल्लाको त्रिवेणीसम्म ट्र्याक खुलेपछि यातायातका साधन सञ्चालनमा आएका छन् । यसबाट डोल्पालीको जीवनस्तरमा सहजता आएको छ । 

त्रिवेणी बजारसम्म गाडी पुगेपछि तल्लो डोल्पाका कालिका, सर्मी, नर्कुलगायत गाविसका बासिन्दा लाभान्वित भएका छन् । “अब दुई दिनमै नेपालगन्ज पुग्न सकिन्छ, जहाज चढ्न विमानस्थलमा हप्ताँै कुर्नुपर्ने बाध्यता हटेको छ,” त्रिपुराकोट–२ का जयस उपाध्यायले खुशी व्यक्त गर्नुभयो । 

यातायात सञ्चालनसँगै अब डोल्पालीलाई महँगो हवाईभाडा तिर्नुपर्ने बाध्यता केही हदसम्म कम भएको छ । दुनैसम्म सडक पुगे यहाँको विकासले तीव्र गति लिनेछ । यहाँका नागरिकको आर्थिक, राजनीतिक, सामाजिक चेतनासमेत वृद्धि हुने उपाध्याय बताउनुहुन्छ । 

“दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध हुन थालेको छ, मूल्यमा पनि कमी आएको छ,” त्रिपुराकोटका–२ का पुरीप्रसाद हमालले भन्नुभयो । दुई दशक अगाडीसम्म यहाँका नागरिकलाई नेपालगन्जसम्म पुग्न महिनौँ हिँड्नु पर्ने बाध्यता थियो । बाटोघाटो सहज नहुँदा कयौँले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले डोल्पालीको जीवनशैलीमा परिवर्तन आएको छ । 

“बल्ल विकासको आभास हुन थालेको छ । अब हाम्रो आर्थिक अवस्थामा सुधार आउने विश्वास छ,” ल्हाँ गाविस– १ का लक्ष्मीकान्त उपाध्यायले भन्नुभयो– “सरकारले अघिल्ला आवसम्म पर्याप्त बजेट छुट्याएको भए सडक खन्ने कार्य सम्पन्न भइसकेको हुन्थ्यो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही