जितेन्द्र खत्री/माघ ८, सन्धिखर्क । अर्घाखाँचीमा चिसो बढेसँगै सरिकको माग बढेको छ । 

सन्धिखर्क नगरपालीकामा चिसो बढेसँगै नँया सिरक बनाउनुका साथै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्री/माघ ८, सन्धिखर्क । अर्घाखाँचीमा चिसो बढेसँगै सरिकको माग बढेको छ । 

सन्धिखर्क नगरपालीकामा चिसो बढेसँगै नँया सिरक बनाउनुका साथै"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा चिसो बढेसँगै सिरकको माग बढ्यो

२०७३, ८ माघ शनिबार ०३:१२


जितेन्द्र खत्री/माघ ८, सन्धिखर्क । अर्घाखाँचीमा चिसो बढेसँगै सरिकको माग बढेको छ । 

सन्धिखर्क नगरपालीकामा चिसो बढेसँगै नँया सिरक बनाउनुका साथै पुरानो सिरक मर्मत गर्न थालेपछि यतिबेला सिरक बनाउनेलाई भ्याई नभ्याई भईरहेको छ । अर्घाखाँचीको ठुलापोखरा गा बि स मा स्थायी घर भई लामो समय कपास उद्योगम अनुभब संगाल्नु भएका ठुलापोखराका टामलाल बन्जाडेले सन्धिखर्कको पाणीनी चोकमा करिब पन्ध्रलाखको लगानीमा अस्मिता रिसाईक्लीन तथा कपास उद्योग संचालनमा ल्याउनुभएको छ । 

उद्योगमा अहिले स्थानिय स्तरमा रहेका पुराना कपडा खरीद गरी अत्याधुनिक मेसीन द्वारा नयाँ कपास उत्पादन गरी सिरक डसना बनाई दैनिक राम्रो आम्दानी गरेको उद्योगका संचालक  बन्जाडेले बताउनु भयो । अहिले बिहान देखी बेलुका सम्म तातो सिरक डसना बनाउनेको र किन्न आउनेको संख्या निकै बढेको उहाले बताउनु भयो । २०७३ साल साउन १ गते बाट संचलन गर्नु भएको उक्त उद्योगमा अहिले १३ जना कामदारहरुलाई रोजगार समेत दिनुभएको छ । 

आधा जति तराई का छन् भने आधा अर्घाखाँचीकै कामदार रहेका छन् । उद्योग संचालन गरेदेखी निक्कै व्यस्त रहेका छु । अहिले दैनिक ४ देखी ५ हजार सम्म कमाई भएको छ । श्रीमती चम्पा बन्जाडे बताउनु भयो । 

धेरै ठाउँ डुलीयो तर अहिले आएर मात्रै यो पेसा बाट मात्रै सन्तुष्ट भएको छु । ईच्छाशक्ति भए काममा सफलता पाईन्छ टामलाल भन्नुहुन्छ । यता नुवाकोट जिल्ला बाट करिब दुई बर्ष पहिले अर्घाखाँचीमा पहिलो पटक सन्धिखर्क र चुत्राबेसीमा दुई वटा उद्योग  संचालन गरी व्यबसायीक रुपमा दाजुभाई सिरक डसना उद्योग संचालन गर्दै आउनु भएका शुक्र तामाङ्गले पनि यो पेसाबाट राम्रो आम्दानी गर्न सफल भएको बताउनुभएको छ । 

संचालक तामाङ्ग भन्नुहुन्छ बर्षातको समयमा सिरक बनाउन कम भएपनि चिसो बढे सँगै माग अत्याधिक बढिरहेको छ । उहाँका अनुसार एक जनाले दिनमा पाँचवटा सम्म सिरक मात्र सिरक बनाउन सकिन्छ । माग धेरै भएपछि अन्य काम गर्ने आफ्ना आफन्त जन उद्योमा झिकाउनुभएको छ । अर्घाखाँची सहित सन्धिखर्क नगरपालीकामा अत्याधिक जाडो बढेपछि नयाँ सिरक र पुराना सिरक स्थानियले बनाउन थालेपछि सिरक बनाउन व्यस्त भएको तामाङ्गले बताउनु भयो । 

सिरकको माग धेरै भएपछि दैनिक आम्दानी पनि राम्रो हुने गरेको बताउनु भयो । अहिले दैनिक तिन हजार सम्म आम्दानी भएको उँहाको भनाई छ । अर्घाखाँचीमा कपास उद्योग धेरै खुलेपछि उहाले अब २ वटै उद्योग पुर्वतिर लाने योजना बनाएको छु संचालक तामाङ्गले बताउनुभयो । 

चिसोका कारण एउता सिरकले मात्र रातको समयमा धेरै चिसो भएका कारणले सिरकको माग बढ्दै गएको छ । होटलमा बास बस्नेहरुका लागी पनि दुईवताका दरले सिरक व्यवस्था गरीएको होटल व्यबसायीको भनाई छ । अत्याधिक चिसोका कारण अर्घाखाँचीमा तयारी सिरक डसनाको समेत व्यापार पनि बढ्दै गएको व्यापारी हरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा