माघ ८, विराटनगर । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ  । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ८, विराटनगर । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ  । 

१३ माघ २०८२, सोमबार
मोरङ्ग - MRG

पूर्वी नेपालमा काठको माग बढ्यो

८ माघ २०७३, शनिबार ०९:२६


माघ ८, विराटनगर । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ  । 

ठुलो परिमाणका काठ भारत लगायतका क्षेत्रबाट पूर्वी नेपालमा भित्रिने गरेको छ । विभिन्न घरायसी सजावट का लागी उक्त परिमाणको काठ आयात भै रहेको स्थानिय व्यापारिहरुले बताएका छन । बजारमा साल, सिसै कदम लगायतका फर्निचरका सामागी साथै गृह निमार्णमा पनि काठको माग हुदै आएको छ । विराटनगरमा मात्र यस वर्ष काठको व्यापार ठुलो मात्रामा बढेको जिल्ला वन कार्यालय मोरडले जानकारी दिएको छ ।  

 मागअनुरुप आपूर्ति हुन सक्ने सम्भावना नदेखिएपछि विराटनगर लगायतका पूर्वी सहरका उपभोक्ताको मागलाई ध्यानमा राखेर काठ तेस्रो मुलुकबाट काठको आयात हुन थालेको हो । जिल्ला वन कार्यालय मोरङकाअनुसार, आव ०७०/७१ मा पाँच हजार ८५३ क्युविक घनमिटर, ०७१/७२ मा तीन हजार ६४८ क्युविक घनमिटर, ०७२/७३मा एक हजार ८५५ क्युविक घनमिटर र चालु आर्थिक वर्षको प्रथम ६ महिनामा तीन हजार ९६ क्युविक घनमिटर गरी कुल १४ हजार ४५२ क्युविक घनमिटर काठ यो नाका भएर नेपाल भित्रिएका छन् । सबैभन्दा बढी काठ इन्डोनेसिया र बर्माबाट भित्रिएका छन् ।

 बहिरबाट आयात गरिएको काठहरु बढि मात्रामा  भवनको झ््याल र चौखटमा बढी प्रयोग हुने गर्दछ । भित्र्याइएका यी गोलिया काठ व्यापारीले सोझै बिक्री गर्ने वा झ््याल, ढोकालगायतका सामग्री निर्माण गरी थोक बिक्रेतालाई उपलब्ध गराउने गर्छन् ।

 काठको माग बढदो भएर जिल्ला वन कार्यालयले वैकल्पिक वन व्यवस्थापन कार्यक्रम र साझेदारी वन कार्यक्रममा जोड दिइएको जिल्ला वन कार्यालयका प्रमुख विनोद देवकोटाले बताउनुभयो । 

यस कार्यक्रम अन्तर्गत जङ्गलभित्रका सुकेका, ढलेका काठलाई सङ्कलन गर्नुका साथै पूर्णरुपले तयार भएका रुखलाई कटान गरी आन्तरिक बजारमा उपलब्ध गराउन सकिने उहाँले जानकारी गराउनुभयो ।साथै उपभोक्ताले बन पैदावार को सरक्षणमा पनि विशेष रुपमा संरक्षण गर्न सहयोग पुयाउदै वनमा अनावश्यक रुपमा विनास हुन नदिनको लागी बन समिति निमार्ण कार्यलाई जोड दिइएको वन कार्यलय प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह